English

एनआरएनएले बनाइदिँदै पशुपति क्षेत्रमा वृद्धाश्रम 



गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघभित्र अब कुनै पनि विवाद नरहेको दाबी गरेका छन्। सोमबार सचिवालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा उनले संघभित्रको विवाद सकिसकेको बताएका हुन्। एनआरएनए लिने नभई दिने ठाउँ भएको बताउँदै आचार्यले भने, ‘झै–झगडा हामीले सिद्ध्यायौँ। अब केही बाँकी छैन। त्यतातिर नजाउँ।’

आचार्यले विगतको तिक्तता बिर्सेर एक हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। तीन अध्यक्षले एनआरएनएलाई थप बलियो बनाउने उनको भनाइ छ। ‘हामी सबै बसेर सँगै काम गर्दा मज्जा आउँछ,’ आचार्यले भने, ‘संघलाई राम्रो र हाम्रो बनाउन एउटा दिदी, दुई भाइ भएर काम गर्नेछौँ।’ संघभित्र आइपर्ने चुनौतीलाई समधान गर्न तीनै अध्यक्ष एक भएर अघि बढ्ने आचार्यले बताए।

नयाँ निर्वाचित टोलीलाई मजबुत बनाएर रचनात्मक काम गरिने आचार्यको दावी छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने निर्णय गरेको छ।

आचार्यले नै नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए। ‘ जहाँ चुनौती हुन्छ त्यहाँ अवसर पनि हुन्छ । पशुपति नाथको आशीर्वाद रहनेछ, यो परियोजना अवश्य सफल हुनेछ,’ आचार्यले भने।

यो पनि…
एनआरएनए सम्मेलन : के छ घोषणापत्रमा ? (पूर्णपाठ)
एनआरएनएको महाधिवेशनमा कसले के भने ?

एनआरएनएको दशौं महाधिवेशन काठमाडौंमा सुरु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन

Latest










Popular
Suggested