English

सजगता अपनाए पृथ्वी, प्राणी र जैविक विविधताको संरक्षण

वातावरणमैत्री कार्यलाई प्रोत्साहन गर्दै मनाइयो ‘अर्थ आवर नेपाल २०२२’


‘अर्थ आवर’ । वातावरण संरक्षण गर्ने एक विश्वव्यापी अभियान । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को अगुवाइमा सञ्चालित यो अभियान यसपाली पनि संसारभर मनाइएको छ ।

सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट शुुरु भएको अर्थ आवरलाई २०२२ सम्म आइपुग्दा १९० देशले साथ दिएका छन् । नेपालमा पनि एक दशक अघिदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै अर्थ आवर मनाइँदै आएको छ ।

हामीसँगै मिलेर काम गर्न र हरितगृह ग्यास उत्सर्जन घटाउनका लागि सिकाइ आदानप्रदान गर्न तत्पर छौँ ।

नोना डेप्रेज
राजदूत, युरोपियन युनियन

कोभिड–१९ महामारीका कारण विगत दुई वर्षयता भर्चुअल मार्फत् कार्यक्रम गर्दै आएको डब्लूडब्लूएफ नेपालले यस वर्ष पनि सोही पद्धतिलाई अपनाएको छ । शुरुवाती दिनहरूमा मैनबत्ति प्रज्वलन, वृक्षरोपण, एलइडी लाइट वितरण लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको डब्लूडब्लूएफ नेपालले आजको दिनसम्म आइपुग्दा ठूलो जमातलाई एकीकृत गर्दै विभिन्न वातावरणीय विषयवस्तुलाई उजागर गर्न थालेको छ ।

डा. सिन्धुप्रसाद ढुङ्गाना
सह–सचिव, वन तथा वातावरण मन्त्रालय

प्रकृतिमा आधारित, समुदायमा आधारित र लैङ्गिक उत्तरदायी दृष्टिकोणलाई उचित ढंगले अपनाउने हो भने पृथ्वी, मानव जाती र जैविक विविधताको संरक्षण मद्दत पुर्याउँछ ।

करिब डेढ घण्टाको कार्यक्रममा डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले नेपालका लागि युरोपियन युनियन राजदूत नोना डेप्रेज, वन तथा वातावरण मन्त्रालयका सह–सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, वातावरणविद् डा. सुनीता चौधरीसँग वातावरण संरक्षणका विषयवस्तुमा केन्द्रित रहेर गरेको कुराकानी प्रस्तुत गरिएको थियो ।

साथै, शिल्पी थिएटरले तयार पारेको ‘ताप’ नामक नाटक प्रस्तुत गरिएको थियो भने कवि नवराज पराजुलीले ‘नदी’ कविता प्रस्तुत गरेका थिए । दुवै प्रस्तुति जलवायु परिवर्तनले प्राणीजगतमा पारेको प्रभावमा केन्द्रीत थिए ।

कुराकानीका क्रममा राजदूत डेप्रेजले सन् २०४५ सम्ममा कार्बन तटस्थता हासिल गर्ने नेपालको महत्वाकांक्षी लक्ष्यलाई प्रशंसा गर्दै नवीकरणीय उर्जाका लागि नयाँ प्रविधिहरूमा युरोपियन युनियन लगानी गर्न इच्छुक रहेको बताइन् । ‘हामीसँगै मिलेर काम गर्न र हरितगृह ग्यास उत्सर्जन घटाउनका लागि सिकाइ आदानप्रदान गर्न तत्पर छौँ,’ उनले भनिन् ।

जलवायु परिवर्तनका कारण सिर्जना हुने प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनका लागि ज्ञानको विकास, स्रोत परिचालन, प्राविधिक आविष्कार र क्षमता विकासको माध्यमबाट क्षेत्रीय संरक्षणमा प्रवद्र्धन गर्न आवश्यक छ ।

डा. सुनीता चौधरी
वातावरणविद्

त्यस्तै, मन्त्रालयका सह–सचिव डा. ढुङ्गानाले प्रकृतिमा आधारित, समुदायमा आधारित र लैङ्गिक उत्तरदायी दृष्टिकोणलाई उचित ढंगले अपनाउने हो भने पृथ्वी, मानव जाती र जैविक विविधताको संरक्षण मद्दत पुर्याउने बताए ।

यसैगरी, अन्तक्रियामा वातावरणविद् डा. चौधरीले जलवायु परिवर्तनका कारण सिर्जना हुने प्राकृतिक प्रकोपको जोखिम व्यवस्थापनका लागि ज्ञानको विकास, स्रोत परिचालन, प्राविधिक आविष्कार र क्षमता विकासको माध्यमबाट क्षेत्रीय संरक्षणमा प्रवद्र्धन गर्न आवश्यक रहेको बताइन् ।

डा. घनश्याम गुरुङ
राष्ट्रिय प्रतिनिधि, डब्लूडब्लूएफ नेपाल

अर्थ आवर २०२२ ले सबै एकताबद्ध भएर भविष्यको आकार दिनका लागि व्यक्तिगत वा सामूहिक कार्यलाई प्रोत्साहन गर्ने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी, डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. गुरुङले पृथ्वीमा रहेका सम्पूर्ण प्राणी जगत खुसीसाथ बाँच्नका लागि आवश्यक पर्ने स्रोत साधन स्वच्छ वातावरणले मात्र उपलब्ध गराउन सक्ने बताउँछन् । ‘त्यसैले, अर्थ आवर २०२२ ले सबै एकताबद्ध भएर भविष्यको आकार दिनका लागि व्यक्तिगत वा सामूहिक कार्यलाई प्रोत्साहन गर्ने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ,’ उनले भने ।

यसैबीच, कार्यक्रममा डोल्पाको क्रिस्टल माउन्टेन स्कुल ‘अर्थ आवर स्कुल इनोभेसन च्यालेन्ज’ को विजेता घोषित भएको छ । ‘स्कुल इनोभेसन च्यालेन्ज’ युवाहरूलाई वातावरण संरक्षण कार्यक्रमा थप प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित डब्लूडब्लूएफ नेपालको वार्षिक कार्यक्रम हो । इनोभेसन च्यालेन्जमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिकास्थित तेर्से मावि दोस्रो भएको थियो ।

यो पनि :
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’
विश्व वनजंगल दिवस : हरियो वन प्राणीको धन
समय अगावै फूल्यो लालीगुराँस, वातावरणविद् भन्छन्- जलवायु परिवर्तनको असर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested