English

सोनाक्षी सिन्हाविरुद्ध मुद्दै मुद्दा



बलिउड अभिनेत्री सोनाक्षी सिन्हामाथि केही दिनअघि एक इभेन्ट म्यानेजरले धोकाको मुद्दा दर्ता गरेका थिए । घटना मिडियामा सार्वजनिक भएपछि सोनाक्षीले यसलाई झुटो बयान दिएकी थिइन् । अब आफ्नो यसै बयानका कारण सोनाक्षी सिन्हा अर्को एउटा मुश्किलमा परेकी छिन् ।

एक भारतीय सञ्चार माध्यमका अनुसार मुरादाबादका इभेन्ज म्यानेजरले सोनाक्षी सिन्हाको आपत्तिजनक बयानविरुद्ध एसिजेएम–५ अदालतमा एक प्रार्थना पत्र दिएका छन् ।

म्यानेजरले सोनाक्षीले आफ्नो बयानमा उनलाई अपशब्द प्रयोग गरेको जसका कारण उनको छविमा क्षति पुगेको भन्दै आरोप लगाएका छन् । उजुरी दर्तापछि अदालतले प्रार्थना पत्र स्वीकार गर्दै अप्रिल ४, २०२२ मा सुनुवाईको मिति निश्चित गरेको छ ।

सोनाक्षीविरुद्ध अर्को पनि मुद्दा दर्ता

मुरादाबादको कठघर थाना क्षेत्र निवासी प्रमोद शर्माले नायिका सोनाक्षी सिन्हासमेत पाँचजनामाथि धोका दिएको भन्दै मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दामा सोनाक्षीविरुद्ध अदालतबाट जमानती वारेन्ट जारी भएको थियो । यसबारे सोनाक्षीको बयान पत्रिकामा छाप्यो जसमा उनले प्रमोद शर्माविरुद्ध अपशब्द प्रयोग गरेकी थिइन्

यो पनि
पल शाहलाई थुनामा पठाउन आदेश
फिल्ममा पारिश्रमिक नलिने यी बलिउड कलाकार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested