English

एनआरएनएकाे महाधिवेशनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने



गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् ।

शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहनेछन् ।

सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नामसमेत समावेश गरिएको तर उनीहरूको उपस्थिति भने निश्चित भइसकेको छैन ।

सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नामसमेत समावेश गरिएको तर उनीहरूको उपस्थिति भने निश्चित भइसकेको छैन ।

घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भवना न्यून रहेको बताइन्छ ।

दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।

संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशाेधन गर्ने तयारी गरिएको छ ।

यो पनि…
एनआरएनए महाधिवेशन पूर्वसन्ध्यामा शेष घलेले डाके भेला

एनआरएनएको दुई समूह अलग–अलग महाधिवेशनको तयारीमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested