विश्व इतिहासका यी घटना, जसलाई भुल्न सकिँदैन
आज २३ मार्च २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः
अन्तरिक्ष स्टेसन समुद्रमा
सन् २००१ मा रुसी अन्तरिक्ष स्टेसन मिर समुद्रमा डुबेको थियो । सो स्टेसनलाई अन्तरिक्षमा १५ वर्षपछि एक नियन्त्रित दुर्घटनामा डिस्पोज गरिएको थियो ।
एल साल्भाडोरका आर्कबिशपको हत्या
सन् १९८० मा आर्कबिशप ओस्कार रोमेरोले एल साल्भाडोरका सशस्त्र सेनाका सदस्यहरूलाई आफ्ना साथी साल्भाडोरियनहरूको हत्या रोक्न आह्वान गरेका थिए । उनको आह्वानको १ दिनपछि एउटा समूहले ओस्कारको हत्या गरेको थियो ।
पाकिस्तान विश्वकै पहिलो इस्लामिक गणतन्त्र
सन् १९५६ मा पाकिस्तान विश्वको पहिलो इस्लामिक गणतन्त्र घोषित भएको थियो । पाकिस्तानमा अहिलेको बंगलादेश वा पूर्वी पाकिस्तानको क्षेत्र पनि समावेश थियो, जुन सन् १९७१ मा अलग भयो ।
हिटलरलाइ असिमित शक्ति
सन् १९३३ मा जारी दी इनएबलिङ एक्ट अफ १९३३ ले एडोफ हिटलरलाई जर्मनीमा तानाशाही शक्ति प्रदान गरेको थियो ।
फुटबल लिगको पहिलो बैठक
सन् १८८८ मा फुटबल लिगको पहिलो बैठक भएको थियो । इङ्गल्याण्ड र वेल्सका टोलीहरू समावेश भएको लिग विश्वको सबैभन्दा पुरानो संघ फुटबल लिग थियो । सन् १९९२ मा शीर्ष २२ टिमले प्रिमियर लिग गठन गरेका थिए ।
यो पनि…
गर्मीमा खानुहोस् यी चीज
सधैं फुर्तिलो रहन यसरी गर्नुहोस् व्यायाम
रूस–युक्रेन द्वन्द्व : वार्ता विफल भए के हुन्छ ?









Rodrigo
Wonderful article! Thhat iis tthe type oof information that aree meant too be shared arfound thhe net. Shame onn Google for noow noot positioning tnis publish higher! Come onn ovcer and talk ver with mmy webxite . Thhanks =) Alsso visiit myy homepage; un joven tiene suerte de cojerce a una tetona