English

मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ



अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् ।

अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीबाट राजनीति शुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् ।

पार्टी प्रवेश गर्नुको पहिलो कारणको रुपमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई कारण देखाइन् ।

‘ओलीजीलाई फुर्काउन भनेकी होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भनिन् ।

एमालेले मुलुकको परिवर्तन र समृद्धिको सही एजेन्डा बोकेकाले आफूले पार्टी प्रवेश गर्ने निर्णय लिएको उनले बताइन् । तेस्रो कारणमा अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने भन्दै उनले यो पार्टी रोजेको बताइन् ।

करिश्माले अगाडि भनिन्, ‘अब एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु । यही अठोट लिएर मुलुकको समृद्धिको दिशामा अघि बढ्छु ।’ आफू नितान्त एमालेको कार्यकर्ता भएर कार्यकर्तासँग जोडिन आइपुगेको उनले बताइन् ।

देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीकाे भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

यो पनि
राजनीतिमा हाम्रा कलाकार
आखिर करिश्माले किन छानिन् एमाले ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

Latest










Popular
Suggested