English

आज मंगलबारको राशिफल, तपाईंको भाग्य कस्तो होला ?



आज ८ चैत २०७८ मंगलबार । मार्च महिनाको २२ तारिक २०२२ । फागुनकृष्णपक्ष चर्तुर्थी (चौथी) अर्थात् मंगल चौथी भनिन्छ । विशाखा नक्षत्र, बालब करण, हर्षण योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज विहान ११ः४७ देखि १२ः३५ सम्म अभिजित मुहूर्त रहेको छ । आजको ग्रहदेव सूर्य । मंगलबारको दिन विशेष गरी विध्नहर्ता, कर्ता गणेश र हनुमानको साधना गर्ने दिन हो ।

मंगलबारको दिन विहानदेखि गणेशको मन्दिरमा दर्शन गर्न जानेको घुइँचो लाग्ने गर्दछ । कुनै निर्माणकार्य सम्बन्धी कामको सुरुवात मंगलबारका दिन गर्दा शुभ हुन्छ । आज विहान सूर्योदय ६ः०६ मा भयो भने सूर्यास्त ६ः१५ मा हुनेछ । मंगलबारको दिन सुरु गरेको काम मंगल नैं हुन्छ भन्ने सामाजिक मान्यता रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएका जातकका लागि मंगलबारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजयप्राप्ति हुने भएपनि आर्थिक व्याय र हानी हुने देखिन्छ । आजको दिन बजारमा सामान खरिद नगर्दा हुन्छ । विहान सूर्य नारायणको दर्शन गर्नहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ ।  यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ । मौन बसेर काम गर्दा हुन्छ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन मिथुन राशिका जातकहरुले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामहरु समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन अनुकल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा राग राख्ने मित्र समेत सम्मानका शब्द प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईंले घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट तपाईलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंको दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईंले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईंले केही कन्याहरुलाई फलफूल उपहार दिनु भयो भने तपाईंको मनमा प्रशन्नता छाउनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आज विहानै सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज तपाईंले गरेका काम सफल हुनेछ । विहान गणेशको ध्यान र पूजा वा गणेश मन्दिर यात्राले मनमा प्रसन्नता छाउने छ । कसैसँग पनि बैरभाव नराखीकन काम गर्नु उत्तम हुनेछ । साताको सबैभन्दा महत्वपूर्ण र राम्रो दिन मानेर कार्य गर्नुहोला ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट लाभ प्राप्त हुनेछ । स्त्रीजतिको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा सन्तानलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईंलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कसैसँग पनि भैरभाव नराख्नुहोला ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईंले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईंले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईंलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईंले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा परिवारका सदस्यलाई  दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापारबाट नसोचेको  फाइदा मिल्नेछ । सिर्जनात्मक काममा लागिरहनु उत्तम हुनेछ ।

यो पनि…
महाभारत : द्रौपदीको सन्देश

आदर्श ब्रह्मचारी थिए कृष्ण
जीवनको अन्त्यमा याद आउनेछ

शिवको तपस्या तोड्न कामदेवले के गरे ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested