English

मन्त्रीहरू हेरफेर विषयमा माधव नेपालले के भने ?



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने स्पष्ट पारेका छन् ।

केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरू सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् ।

सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको बताएका हुन् । उनले गलत र नियोजित रूपमा हल्ला फिजाइएको बताए । उनले कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गरे ।

‘बाहिर आएको हल्लाको पछि नलाग्नुस् । मन्त्रीहरूलाई निकाल्दैछन्, नयाँ पठाउँदैछन् भन्ने हल्ला नपत्याउनू,’ नेपालले भने ।

मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उनले बताए । उनले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारहरूमा पनि सत्यता नभएको दाबी गरे ।

एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री सहित भवानी खापुङ राज्यमन्त्री रहेका छन् ।

यो पनि..
नेताहरू तल्लोस्तरको गालीगलौजमै उत्रिने, कार्यकर्ताहरू ताली पट्काउने

दरबार र माओवादी कांग्रेस सिध्याउन चाहन्थे तर गिरिजाबाबु भने…
गिरिजाप्रसाद कोइराला : एक निर्भिक र निडर नेता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested