English

यी हुन् पुटिनका माग



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग सम्झौताका लागि टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनमार्फत् टेलिफोन वार्ताका क्रममा आफ्ना मागहरू अघि सारेका छन् ।

एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनका अनुसार रूसका मागहरू दुई भागमा बाँडिएका छन् । उनका अनुसार सुरुका चारवटा रूसी माग पूरा गर्न युक्रेनलाई धेरै गाह्रो नहुन सक्छ ।

बीबीसीले जनाएअनुसार एउटा प्रमुख माग युक्रेन तटस्थ बस्नुपर्ने र नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यो मागलाई स्वीकारिसकेका छन् ।

पहिलो भागका अरू धेरैजसो माग रूसले जितेको जस्तो देखाउने खालका छन् । युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रूसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस् ।

युक्रेनमा रूसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवं प्रभावको अन्त्य हुनुपर्ने माग छ । यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजणक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए ।

तर रूसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ । नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ । दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले प्रत्यक्ष वार्ता गर्नुपर्ने हुन्छ ।

जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन् । दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन् ।

उनले ती मागहरू पूर्वी युक्रेनको डोन्बास क्षेत्रसँग सम्बन्धित रहेको बताए । त्यसबारे कालिनले विस्तृत त खुलाएनन् । तर युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिँदैछ जुन निकै पेचिलो विषय हुनेछ । रूसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको बीबीसीले उल्लेख गरेको छ ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : वार्ता विफल भए के हुन्छ ?

महाभारत : द्रौपदीको सन्देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested