English

ग्रिक दार्शनिक सुकरातका महान् भनाइहरू



इसा पूर्व ४७० मा जन्मिएका सुकरात प्राचीन दर्शनशास्त्रका एक विद्वान मानिन्छन् । उनले ७१ वर्षको उमेरमा पश्चिमा दर्शनलाई उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

गरिब परिवारमा जन्मिएका सुकरातले दार्शनिक उपदेश दिन थालेपछि युवालाई बिगार्ने, देव निन्दा गर्ने र नास्तिक भएको झूटो आरोप लगाएर विष सेवन गराएर हत्या गरिएको थियो ।

ग्रिकको एथेन्सका दार्शनिक सुकरात एक प्रभावशाली व्यक्तित्व हुन् । उनका विचार हरू अझै पनि धेरैलाई आदर्श र प्रेरणादायी रूपमा रहेका छन् ।

१. हाम्रा प्रार्थनाहरू सामान्यतया आशिषका लागि मात्रै हुनुपर्छ । किनभने हाम्रो लागि के कुराको आवश्यकता छ, भन्ने कुरा भगवानलाई राम्ररी थाहा छ ।

२. म कसैलाई केही पनि सिकाउन सक्दिन । म केवल उनीहरूलाई सोच्नेसम्म बनाउन सक्छु ।

३. जो आफूसँग भएको कुरामा सन्तुष्ट हुँदैन, ऊ आफूसित भए हुन्थ्यो भनेर सोचेको कुराबाट पनि सन्तुष्ट हुन सक्दैन ।

४. मित्रता बरु ढिला गर्नुहोस् तर गरेपछि कहिल्यै नटुट्ने गरी गर्नुहोस् ।

५. जहाँ श्रद्धा हुन्छ त्यहाँ डर हुन्छ, तर कतिपय ठाउँमा श्रद्धा नहुँदा पनि डर निम्तिन्छ । किनकि डरको घेरा श्रद्धा भन्दा फराकिलो हुन्छ ।

६. झूट आफैमा खराब हुँदैन, त्यसले मान्छेको आत्मालाई पनि खराब बनाउँछ ।

७. आलस्यमा जीवन जिउनुभन्दा आत्महत्या गर्नु ठिक हो ।

८. बाँच्नु मात्रले अर्थ राख्दैन, तर सच्चाइका साथ बाँच्नुले धेरै अर्थ राख्दछ ।

९. अरूको असफलताको कथाबाट तपाईँ सही बाटो पत्ता लगाउने कोसिस गर्नुहोस् । किनकि अरूको कडा मेहनतले जानेको सही र गलत मार्ग तपाईँले सहजै पत्ता लगाउन सक्नुहुनेछ ।

१०. सबैभन्दा न्यानो प्रेमको सबैभन्दा चिसो अन्त हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested