English

रुघाखोकीले हैरान हुनुभएको छ ? प्रयोग गर्नुहोस् घरेलु उपाय



मौसममा आएको परिवर्तनका कारण मानिसमा रुघाखोकीको समस्या सामान्य बन्दै गएको छ । रुघाखोकीको समस्या छ भने तुलसीको सेवनले रुघाखोकीको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

तुलसीमा एन्टीइन्फ्लेमेटरी गुण हुन्छ, तुलसीमा एन्टीभाइरल गुण पनि हुन्छ । यसका अलावा तुलसीमा क्याल्सियम, भिटामिन‘ए’, ‘सी’, आइरन, पोटासियम राम्रो मात्रामा पाइन्छ ।

सङ्क्रमणबाट बच्न यसलाई प्रयोग गर्नुहोस् । ज्वरो, रुघाखोकीको समस्या पनि तुलसीले हटाउँछ । रुघाखोकीको समस्याबाट छुटकारा पाउन दैनिक बिहान ४ देखि पाँचवटा पात चपाउनुपर्छ ।

तुलसीको चिया

तुलसीको चिया बनाउनको लागि चियाको पात र तुलसीलाई पानीमा उमालेर त्यस मिश्रणलाई छानेर कपमा हालेर बिहान बेलुका चिया पिउनुहोस् ।

तुलसीमा एन्टीफङ्गल, एन्टिसेप्टिक गुण पनि हुन्छ । तुलसीमा भिटामिन‘ए’, भिटामिन‘डी’, आइरन र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ जसले गर्दा खोकीको समस्या छिट्टै निको हुन्छ ।

तुलसी र अदुवाको सेवन

तुलसीको चिया बनाउनको लागि चियाको पात र तुलसीलाई पानीमा उमालेर त्यस मिश्रणलाई छानेर कपमा हालेर बिहान बेलुका चिया पिउनुहोस् । तुलसीमा एन्टीफङ्गल, एन्टिसेप्टिक गुण पनि हुन्छ । तुलसीमा भिटामिन‘ए’, भिटामिन‘डी’, आइरन र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ जसले गर्दा खोकीको समस्या छिट्टै निको हुन्छ ।

तुलसीपानी

-रुघाखोकीको समस्याबाट छुटकारा पाउन तुलसीको पानी पिउनुपर्छ । यसका लागि तुलसीलाई मनतातो पानीमा उमालेर छानेर सेवन गर्नुहोस् ।
-जिरालाई तुलसीको पानीमा मिसाएर पनि पिउन सक्नुहुन्छ, जिरामा भिटामिन सी हुन्छ जसले एन्टिबायोटिकको रूपमा काम गर्छ र खोकी निको पार्छ । तुलसीको पानी ताजा र तातो पिउनुहोस्, तब मात्र फाइदा हुन्छ ।

तुलसी र महको सेवन

रुघाको उपचारका लागि तुलसी र महको सेवन गर्न सकिन्छ । महलाई श्वासप्रश्वास नलीको सङ्क्रमण निको पार्न फाइदाजनक मानिन्छ । रुघाखोकीको समस्या हटाउन घ्यूको प्रयोग पनि गर्न सकिन्छ ।

घ्यू र तुलसीको मिश्रणको सेवनले रुघाखोकीको समस्या पनि हट्छ । बजारमा पाइने महमा चिनीको मात्रा बढी हुने भएकाले ताजा मह परीक्षण गरी सेवन गर्नुहोस् ।

यो पनि…
आफूलाई ऊर्जावान राख्न बिहानको यी बानी बदल्नुहोस्

बिहान चक्कर लागेमा के गर्ने ?
‘ऋतुहरूमा म वसन्त हुँ’
आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested