English

सुपरलिग उपाधिका लागि चार टिम शनिबारबाट भिड्ने



नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा बिहीबार वेश्टर्न क्रिकेट क्लब विजयी भएको छ ।

डिभिजन ए अन्तर्गतको अन्तिम खेलमा शंकरनगरलाई ११३ रनको फारकिलो अन्तरले हराउँदै वेश्टर्नले सुपर फोरको यात्रा तय गरेको छ । हारसँगै शंकरनगर डिभिजन बीमा घटुवा भएको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती ब्याटिङ पाएको वेश्टर्नले निर्धारित ५० ओभरको खेलमा २ सय ६३ रन बनाएको थियो ।

सबै विकेट गुमाएको टिमका लागि विक्रम भुसालले ६५, नरेन साउदले ४९ र अनिल खरेलले ४१ रन बनाए । बलिङ तर्फ शंकरनगरका विशाल विक्रम केसीले ४, ओम सारु मगरले २ विकेट लिए । दुई सय ६४ रनको लक्ष्य पाएको शंकरनगरले जवाफी ब्याटिङमा २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्र जोड्न सक्यो ।

लक्ष्य पार गर्न नसकेपछि ११३ रनको फराकिलो अन्तरले हार व्याहोरेको शंकरनगरका लागि ओम सारु मगरले सर्वाधिक ४६, जगत क्षेत्रीले अविजित २०र विष्णु पाण्डेले १९ बनाए पनि जित निकाल्न सकेनन् । बलिङ तर्फ बेश्टर्नका अनिल खरेलले ५, विक्रम भुसालले ३ र प्रतिशत जिसीले २ विकेट लिए । बिहीबारको खेलमा वेश्टर्नका अनिल खरेल म्यान अफ द म्याच भए ।

बिहीबारको खेलसँगै डिभिजन ए अन्तर्गतको खेल सकिएको छ, शनिबारबाट हुने सुपर फोरको प्रतिस्पर्धाका लागि ४ टिम उक्लेका छन् । शनिबार एमसीसी क्लब र लुम्बिनी खुकुरी क्लब बिच प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ । प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यो पनि…
आईपीलमा प्रशिक्षकको भूमिकामा मालिंगाको प्रवेश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested