English

गौतम बुद्धका १० प्रेरक भनाइहरू



अन्तिम सत्यको साक्षात्कार गरेका महामानव गौतम बुद्ध (सिद्धार्थ गौतम) बैशाख शुक्ल पूर्णिमाको दिन नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा जन्मेका थिए । जीवनकालको पहिलो २९ वर्ष राजसी सुखमा बिताएका उनी संसारमा व्याप्त दुःखका कारण र त्यसको निवारण के होला ? भनि सदा चिन्तित रहन्थे । यही दुःख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी तपस्याको क्रममा बोधिप्राप्त गरे । तत्पश्चात उनी गौतम बुद्ध कहलिए ।

आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरेका गौतम बुद्धका मार्ग र विचारहरू यस प्रकार छन् ।

१. स्वास्थ्य सबैभन्दा महान् उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो ।

२. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

३. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैँलाई चिन्नु । यही नै तिम्रो विजय हो ।

४. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौँ त्यही बन्दछौँ ।

५. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।

६. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ ।

७. एउटा पूरै गाग्री थोपा थोपा पानीले भरिने हो ।

८. जो मानिस दोश्रोको इर्ष्या गर्दछ, उसको मनमा कहिल्यै शान्ती मिल्दैन ।

९. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वास नगर ।

१०. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पीडा दिन सक्दैनौ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested