English

युभेन्ट्स बाहिरियो, चेल्सी, भिल्लारियल अन्तिम आठमा, लिभरपुलले अंक झार्‍यो, आर्सनल र ब्राइटन पराजित



इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाट बाहिरिँदा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियल भने अन्तिम आठमा प्रवेश गरेका छन् ।

युभेन्ट्स घरेलु मैदान टुरिनमा भएको दोस्रो लेगममा ३–० अन्तर तथा समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

बुधबार राति भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा भिल्लारियलले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

अर्को खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ अन्तरले हरायो । पहिलो लेगमा २–० अन्तरको जित निकालेको चेल्सीले समग्रमा ४–१ को जित हात पार्‍यो । दोस्रो लेगको खेलमा चेल्सी १–० अन्तरले पछि परेको स्थितिमा खेलमा फर्कन सफल भएको थियो ।

लिलको लागि बुरक इलमाजको पेनल्टीमार्फत सान्त्वना गोल गर्दा चेल्सीका लागि क्रिश्टियन पुलिसिक र कप्तान सेसर एपिलिकुएटा गोल गरे ।

आर्सनललाई हराउँदै लिभरपुलले सिटीसँगको दूरी एक अंकमा झार्‍यो

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २–० अन्तरले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ ।

लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक–एक गोल गरे । जितसँगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ ।

हारसँगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ । यता गय राति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २–० अन्तरले पराजित गर्‍यो ।

टोटनहमको जितमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक–एक गोल गरे । जितसँगै टोटनहम ४८ अंक सहित सातौं स्थानमा छ । ३३ अंकसहित ब्राइटन १३ औं स्थानमा छ ।

यो पनि…
रूस–युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना
जापानमा भूकम्प : यस्तो छ क्षतिको अवस्था



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested