English

ब्रोकर डेटा सेन्टरको गडबडीले सेयर कारोबारमा असर



ब्रोकरहरूको डेटा सेन्टरमा गडबडी आएपछि आजको सेयर कारोबारमा त्यसको प्रभाव परेको छ। डेटा सेन्टरको समस्याका कारण नेपाल स्टक एक्सचेन्जले केही समयका लागि सेयर कारोबार रोक्नुपरेको थियो ।

दिउँसो १२ बजेर ५३ मिनेटपछि समस्या देखिएको थियो । सोही कारण आजको सेयर कारोबारमा यसको असर देखिएको छ। नेप्सेका अनुसार आज डेढ अर्बको पनि कारोबार भएको छैन। २२० सेयर कारोबारमा सामेल भएकामा २३ लाख ४९ हजार कित्ता मात्रै बिक्री भएको हो । प्राविधिक कारणले डेटा सेन्टरमा गडबडी आएको नेप्सेले जनाएको छ। यसले आज १८ हजार ५ सय ९७ पटक मात्रै कारोबार भएको थियो।

सोसँगै आज १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँको सेयर खरिद-बिक्री भएको छ। यो लामो समययता एकदमै न्यून कारोबार रकम हो। आज १३ मध्ये वाणिज्य बैंक, विकास बैंक, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमाको सूचक हरियो भए पनि बाँकी सूचक राताम्य छन्।

थोरै समय कारोबार भएको दिन आज लगानीकर्ताले ६.१० प्रतिशतसम्म कमाएका छन् । गुमाउने लगानीकर्ताले पनि आज ५.७३ प्रतिशतसम्म गुमाएका छन्। आज अधिकतम कारोबार ६ करोड ६५ लाखको मात्रै भएको छ।

यो पनि…
सेयर बजारमा ६३ अंकको पहिरो
नेप्सेमा ४३ अंकको गिरावट, कारोबार साढे ३ अर्बमा सीमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested