English

१२ हजार रूसी सैनिकको मृत्यु भएको जेलेन्स्कीको दाबी



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनमाथि आक्रमण गरेपछि अहिलेसम्म १,३०० युक्रेनी सैनिक र झन्डै १२,००० रूसी सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रबारसम्म झन्डै ५०० देखि ६०० रूसी सैनिकले युक्रेनमा आत्मसमर्पण गरेको बताएका छन् । बीबीसीका अनुसार जेलेन्स्कीले युद्धमा ज्यान गुमाउने रूसी सैनिकको संख्या ठूलो भएको भए पनि आफू त्यसप्रति खुसी नभएको बताए ।

‘उनीहरूले ‘अनुमानित’ १२,००० जना गुमाउँदा मलाई प्रसन्नता छैन, यसले मलाई खुसी बनाउँदैन । संसारलाई हेर्ने मेरो दृष्टिकोण त्यस्तो छैन,’ उनले भने ।

रूसले युक्रेनमा आक्रमण गरेको १७ दिन भइसकेको छ । अठारौँ दिन बिहान विभिन्न शहरहरूमा विस्फोटन भइरहेको विवरण प्राप्त भएको छ ।

यो पनि…
रूसी सेनाको हमलामा पत्रकार मारिए

रूस–युक्रन द्वन्द्व : आमालाई औषधि किन्न जाँदा…



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested