English

विश्वमा कोरोना : भ्याक्सिन लगाएका सात जनाको मृत्यु, पछिल्लो २४ घण्टामा ५ लाख बढी संक्रमित



विश्वभरमा कोरोना संक्रमण बढीरहेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३९ हजार ६९५ जनालाई कोरोना संक्रमण भएको छ भनेँ ८ हजार ३७९ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । भारतमा अहिले विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित बढीरहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ९९८ जनालाई कोरोना संक्रमण भएको छ भनेँ, अमेरिकामा ६६ हजार १५४, टर्कीमा ४४ हजार ७५६ र ब्राजिलमा ४१ ह्जार २१८ जनालाई कोरोना संक्रमण भएको छ । यो भन्दा पहिला शुक्रवार भारतमा ८९ हजार १९, अमेरिकामा ७० हजार २२९ र ब्राजिलमा ६९ हजार ६६२ जनालाई कोरोना संक्रमण भएको थियो ।

अमेरिकामा अब हरेक दिन ३० लाख बढीलाई भ्याक्सिनेशन

अमेरिकामा लगभग एक तिहाइ जनसंख्याले अहिलेसम्म कोरोना भ्याक्सिनको पहिलो डोज लगाइसकेका छन् । ह्वाइट आउसका कोभिड डेटा डाइरेक्टर साइरस शेहपरका अनुसार देशमा १० करोड भन्दा धेरै मानिसले पहिलो डोज लगाइसकेका छन् । शुक्रवार अमेरिकामा ४० लाख बढीले भ्याक्सिन लगाएका थिए । एक हप्ता यता त्यहाँ हरेक दिन ३० लाख भन्दा धेरै मानिसले भ्याक्सिनेशन गरिरहेका छन् ।

पाकिस्तानमा वृद्धका लागि भ्याक्सिनेशन ड्राइभ भोलिबाट

पाकिस्तान सरकारले देशमा ८० वर्ष भन्दा माथिका वृद्धवृद्धाका लागि सोमवारबाट भ्याक्सिनेशन ड्राइभ चलाउने भएको छ । पाकिस्तानलाई यस हप्ताको शुरुवातमा चीनबाट केनसिनो भ्याक्सिनको ६० हजार डोज सहायता प्राप्त भएको छ । देशमा अहिलेसम्म चीनबाट मिलेको सिनोफार्म भ्याक्सिनको प्रयोग गरिरहेको छ ।

बंगलादेशमा एक हप्ता लकडाउन

बंगलादेशमा कोरोनाको नयाँ लहर तीव्र गतिले फैलिन थालेपछि ५ अप्रिलबाट त्यहाँ १ हप्ताका लागि लकडाउन गरिने भएको छ । मन्त्री अब्दुल कादिरले शनिवार बिहान यसको घोषणा गरेका थिए ।

भ्याक्सीन लगाएका ७ जनाको मृत्यु

बेलायतमा अक्सफोर्डको एस्ट्राजेनिका भ्याक्सिन लगाएपछि ७ जनाको मृत्यु भएको छ । जसकारण एकपटक फेरि यो भ्याक्सिनमाथि प्रश्न उठ्न थालेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested