English

सुजुकी नारायणीले ल्यायो ‘मेगा होली एक्सचेन्ज अफर’



सुजुकी गाडीका लागि मेगा होली एक्सचेन्ज अफर सञ्चालनमा आएको छ । ललितपुरको बालकुमारीस्थित सुजुकीको आधिकारिक डिलर नारायणी अटो विजनेसले शुक्रबारबाट उक्त अफर सञ्चालन ल्याएको हो ।

आफ्नै पहलमा यो अफर ग्राहकलाई दिन लागिएको विजनेसका प्रबन्ध निर्देशक अनुपकुमार बरालले जानकारी दिए । ‘हामीले आफ्नै पहलमा यो अफर ल्याएका हौँ । यतिबेला अटो मोबाइल क्षेत्र अप्ठेरो परिस्थितिमा गुज्रिरहेको छ,’ उनले भने, ‘बैंकहरूले पनि फाइनान्स सुविधा सहजै दिन नमानिरहेको अवस्थामा ग्राहकको चाहनालाई मध्यनजर गर्दै यो सुविधा ल्याएका हौँ ।’

बिजनेसले एक्सचेन्ज बोनस दिने घोषणा पनि गरेको छ । गाडीको मोडलअनुसार ७० हजारसम्म एक्सचेन्ज बोनस दिइने बरालले प्रस्ट पारे । ‘योबाहेक पनि अन्य छुट पनि दिनेछौँ,’ उनले भने, ‘ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो चाहना हुनेछ ।’

चैत ४ गतेसम्म सञ्चालन हुने उक्त एक्सचेन्ज अफरमा ग्राहकले गाडी एक्सचेन्ज गरी नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्मको अतिरिक्त छुटसमेत प्राप्त गर्ने विजनेसका सेल्स हेड प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

नारायणी अटो बिजनेसले विगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

यो पनि…
अटोमोबाइल: आत्मनिर्भर बनाउने व्यवस्थित तुल्याउने (भिडियोसहित)
सबै गाडी एकैठाउँ भेला, सुरु हुँदै अटो कुम्भमेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

काठमाडौं । गायक आशिर्वाद सुवेदी र चर्चित गायिका एलिना चौहानको सुमधुर स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘मोहनी लगायो कान्छीले’ सार्वजनिक

काठमाडौं, २३ माघ : कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा

काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७

Latest










Popular
Suggested