English

स्थानीय निर्वाचनमा एकलाख म्यादी प्रहरी खटिने



अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि एकलाख म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको छ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचतको मिति तोकिएको छ । यसका लागि सुरक्षामा खटिने एकलाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई स्वीकृति दिएको हो ।

‘स्थानीय तह निर्वाचनका लागि एकलाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले भने । अर्थ मन्त्रालयले एकलाख म्यादी प्रहरीको स्वीकृति दिएकाले सोही संख्यामा म्यादी प्रहरी निर्वाचनमा खटिने केसीको भनाइ छ ।

म्यादीबारे सूचना एक साताभित्रमा सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए । ‘यसका लागि आन्तरिक रूपमा तयारी भइरहेको र एक साताभित्रमा सूचना सार्वजनिक गर्छौं,’ उनले भने । नेपाल प्रहरीले निर्वाचनका लागि एकलाख १८ हजार म्यादी प्रहरी मागेको थियो ।

यो पनि…
गठबन्धनको भविष्य चुनावमा निर्भर

मतपत्रमा चुनाव चिह्न : आयोगको निर्णयमा आपत्ति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested