English

खाली पेटमा जिरा पानी पिउँदा के हुन्छ ?



तरकारीमा स्वाद थप्नका लागि जिराको प्रयोग गरिन्छ । जिराले हामीलाई धेरै रोगबाट पनि मुक्ति दिन्छ । जिरा एन्टिसेप्टिक र भिटामिन जस्ता गुणहरूले भरिपूर्ण हुन्छ । बिहान खाली पेटमा जिरा पानी पिउनुका फाइदाबारे हामी बताइरहेका छौँ । जानौं जिरा पानीले कस्ता रोगबाट छुटकारा पाउँछ ।

पाचन प्रणाली स्वस्थ बनाउँछ
हिजोआजका मानिसको जीवनशैली असामान्य बन्दै गएपछि पाचन प्रणाली लगातार बिग्रनु सामान्य बन्दै गएको छ । बिहान खाली पेटमा जिरा पानी पिउनाले पाचन प्रणालीलाई निकै स्वस्थ राख्छ । जिराको पानीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्स जस्ता गुण हुन्छन् जुन पाचनमा फाइदाजनक हुन्छ । जिरा पानीले पाचन प्रणालीलाई धेरै सहज बनाउँछ ।

चिसोबाट छुटकारा
जिरा पानीले चिसो, रुघाखोकी र भाइरल ज्वरो जस्ता रोगबाट बचाउँछ । जिरामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरमा जम्मा हुने विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ ।

ग्यास र कब्जियतबाट राहत
आजको मितिमा सर्वेक्षण गर्ने हो भने करिब ९० प्रतिशत मानिस ग्यास र कब्जियत जस्ता पेटको रोगबाट पीडित छन् । बिहान खाली पेटमा जिरा पानी पिउनाले कब्जियत जरादेखि नै हट्छ । जिरालाई रातभर पानीमा भिजाएर बिहान त्यसको पानी पिउनाले कलेजोलाई बलियो बनाउँछ ।

फलामको उत्तम स्रोत
जिरा पानीलाई फलामको उत्तम स्रोत मानिन्छ । आइरन मात्र नभई यसमा भिटामिन ए र भिटामिन सी पनि प्रशस्त पाइन्छ । बिहान खाली पेटमा जिरा पानी पिउनाले रोग प्रतिरोधी क्षमता बढ्छ । कमजोर प्रतिरक्षा प्रणालीले धेरै रोगहरूलाई निम्तो दिन्छ ।

निद्राको कमी
व्यस्त जीवन र तनावका कारण निद्रा लाग्दैन भने बिहान खाली पेटमा जिरा पानी पिउनुहोस् । निन्द्रा नपुग्नुको कारण मोटोपना पनि हुुनसक्छ । यदि निद्राको कमी महसुस हुन्छ भने बिहान खाली पेटमा जिरा पानी पिउँदा तपाईंलाई धेरै मद्दत गर्छ ।

यो पनि…
गहिरो निद्राका लागि के-के खाने ?
हिँडाइ उत्कृष्ट व्यायाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested