English

युक्रेनको बाल अस्पताल ध्वस्त



रूसले युक्रेनको बन्दरगाह शहर मारिओपोलस्थित बाल अस्पताल ध्वस्त पारेको त्यहाँको नगर परिषद्ले जनाएको छ ।फेसबुकमा जारी गरिएको विज्ञप्तिमा अधिकारीहरूले ‘हस्तक्षेपकारी रूसी फौजहरूले बाल अस्पतालमा कैयौँ बम खसालेको’ बताएका छन् । उनीहरूका अनुसार ‘निकै ठूलो क्षति’ भएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाका फुटेजसहित ट्वीट गर्दै त्यसलाई ‘सीधा हमला’ को संज्ञा दिएको
बीबीसीले उल्लेख गरेको छ । जेलेन्स्कीले भनेका छन्, ‘बालबालिका भग्नावशेषमुनि छन् । बर्बरता ! कहिलेसम्म ? विश्व यो आतङ्कलाई बेवास्ता गरेर सहयोगी बनिरहन्छ ?’

अधिकारीहरूले हताहत हुने मानिसको स्पष्ट सङ्ख्या अझै थाहा नभएको बताएका छन् । एक युक्रेनी सैन्य अधिकारीले घाइतेहरूलाई नजिकैको अर्को अस्पताल सारिएको बताएका छन् ।

यो पनि…
‘पुटिन आक्रोशित र हताश छन्’

रूस-युक्रेन द्वन्द्व लम्बिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested