English

बायर्न र लिभरपुल क्वार्टरफाइनलमा



स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनमा प्रवेश गरेको छ । मंगलबार साल्जबर्गमाथि अन्तिम १६ दोस्रो लेगमा ७–१ को सानदार जितसहित बायर्नले क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

तीन साता अघि पहिलो लेगमा १–१ को बराबरी खेलको बायर्न लेवान्डोवस्कीले सुरुआती २३ मिनेटमा ह्याट्रिक पूरा गर्दा सहज जित हात पार्न सफल भएको हो । बायर्न समग्रमा ८–२ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो ।

१२औं मिनेटमा लोवान्डोवस्कीको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो । २१औं मिनेटमा लेवान्डोवस्कीले दोस्रो पेनाल्टी प्रहारको पनि सदुपयोग गर्दा बायर्नले अग्रता दोब्बर पारेको थियो ।

त्यसको दुई मिनेटपछि नै लेवान्डोवस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको अग्रता ३–० मा पुर्‍याएका थिए । लेवान्डोवस्की च्याम्पियन्स लिग लिगमा सबै भन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी समेत बनेका छन् ।

३१औं मिनेटमा सेर्जी जीनाब्रीले बायर्नका लागि चौथो गोल गरे । ५४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सहज जिततर्फ डोर्‍याएका थिए । ७०औं मिनेटमा काजगार्डको गोलमा साज्जबर्गले गोलअन्तर कम गर्ने संकेत गरेको थियो ।

८३औं मिनेटमा मुलरको गोलमा बायर्नले आफ्नो अग्रता ६–१ मा पुर्‍याएको थियो । त्यसको दुई मिनेटपछि नै लोरी सेनले बायर्नका लागि सातौँ गोल गरे ।

अन्तिम १६ को अर्को खेलमा इन्टर मिलानसँग दोस्रो लेगमा १–० अन्तरको हार बेहोरे पनि लिभरपुलले समग्रमा २–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

हार बाबजुद लिभरपुल क्वाटरफाइनलमा
इन्टर मिलानलाई अन्तिम १६ दोस्रो लेगमा १–० को नतिजा सुम्पिए पनि घरेलु टोली लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।

गत महिना सम्पन्न पहिलो लेगमा लिभरपुलले अवे खेलमा मोहम्मद सलाह र रोबर्टको फिर्मिनोको गोलमा २–० को जित हात पारेको थियो । योर्गान क्लोपको टोली समग्रमा २–१ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो ।

६१औं मिनेटमा लौटारो मार्टिनेजल गरेको गोलमा अग्रता लिँदै इन्टरले पुनरामगन गर्ने संकेत गरे पनि सो गोल अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन ।

त्यसको दुई मिनेट पछि नै एलेक्सिस सान्चेज दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इन्टरले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो ।

इन्टर भने च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिएको यो तेस्रो पटक हो । इन्टर यसअघि सन् २०१०–११ मा क्वार्टरफाइनल र २०११–१२ मा अन्तिम १६ बाट बाहिरिएको थियो ।

यो पनि…
सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested