English

रूसले युक्रेनमा किन आक्रमण गर्‍यो ?



रूसले चार करोड ४० लाख जनसङ्ख्या भएको युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट विध्वंशक आक्रमण गरेको छ । महिनौँसम्म राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त छिमेकीमाथि आक्रमण गर्न लागेको कुरालाई अस्वीकार गरेका थिए । तर उनले युक्रेनको उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै शान्ति सम्झौता भङ्ग गरे । बीबीसीका अनुसार मृतकको सङ्ख्या बढ्दै जाँदा उनीमाथि युरोपमा शान्ति भङ्ग गरेको आरोप लागेको छ ।

कहाँ र किन आक्रमण ?

किएभस्थित बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थलसहित युक्रेनका सहरनजिकै अवस्थित विमानस्थल र सैन्य मुख्यालयमा सबैभन्दा पहिले आक्रमण भयो । त्यसपछि ट्याङ्क र सैनिकहरू पूर्वोत्तर युक्रेनभरि प्रवेश गरे ।

उनीहरू पूर्वी लुह्यान्स्कनजिकै रहेको १४ लाख जनसङ्ख्या भएको खार्कीभ सहरमा छिमेकी बेलारूसबाट प्रवेश गरे भने दक्षिणतर्फ क्राइमियाबाट प्रवेश गरे ।

प्यारासूटको सहाराले झर्ने सैनिकहरूको समूहले किएभनजिकैको एउटा प्रमुख हवाई शिविर कब्जा गरे । रूसी सैनिकहरू युक्रेनका ठूला बन्दरगाह सहरहरू ओडेसा र मारिऊपोलमा पनि अवतरण गरे । आक्रमण सुरु हुनु केहीअघि राष्ट्रपति पुटिनले टेलिभिजनमा सम्बोधन गरेका थिए ।

त्यसक्रममा उनले आधुनिक युक्रेनबाट लगातार भइरहेको खतराका कारण रुसले ‘सुरक्षित विकसित र अस्तित्वमा रहेको’ महसुस गर्न नसकिरहेको बताए ।

उनका धेरै तर्क मिथ्या वा असङ्गत थिए । उनले आफ्नो लक्ष्य ‘दुर्व्यवहार र नरसंहारको सिकार भएका मानिसहरूलाई बचाउनु’ रहेको दाबी गरेका थिए ।

पुटिनका भनाइमा उनी युक्रेनको ‘असैनिकीकरण र गैर–नात्सीकरण’ गर्न चाहन्छन् । ‘युक्रेनमा कुनै नरसंहार भएको छैन । यो एउटा जीवन्त लोकतन्त्र हो र त्यहाँ निर्वाचित यहुदी राष्ट्रपतिले देशको नेतृत्व गर्छन् । म कसरी नात्सी हुनसक्छु,’ युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भने ।

अझ उनले त रूसी आक्रमणलाई दोस्रो विश्वयुद्धका बेला नात्सी जर्मनीको आक्रमणसँग तुलना गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेनलाई चरमपन्थीहरूले कब्जा गरेको आरोप लगाउँदै आएका छन् ।

सन् २०२१ को अन्त्यतिर राष्ट्रपति पुटिनले युक्रेनी सीमा क्षेत्रमा ठूलो मात्रामा सेनाहरू तैनाथ गर्न थाले । अनि यसै साता उनले सन् २०१५ मा पूर्वी क्षेत्रका लागि भएको एउटा शान्ति सम्झौतालाई अन्त्य गर्दै विद्रोहीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूलाई स्वतन्त्र मुलुकहरूको मान्यता दिए ।

रूसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ । आक्रमणको घोषणा गर्दै पुटिनले नेटोलाई ‘राष्ट्रको रूपमा आफ्नो ऐतिहासिक भविष्य’ लाई धम्की दिएको आरोप लगाएका छन् ।

यो पनि..
रूस-युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला प्रमुख घटना

रूस-युक्रेन द्वन्द्व लम्बिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested