English

रूस-युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला प्रमुख घटना



रूस-युक्रेन द्वन्द्व कहिले अन्त्य हुन्छ भन्ने निश्चित छैन । रूसी आक्रमणले युक्रेनका शहरहरू ध्वस्त भएका छन् । आक्रमणपछिका भिडियो र तस्बिरहरूले युक्रेनमा ठूलो क्षति पुगेको देखाउँछ । युक्रेनको राजधानी किभबाट केही दूरीमा रूसी सेना रहेको भएपनि राजधानी शहरमा थुप्रै घातक हवाई आक्रमण भएका छन् ।

यस घटनाले भौतिक तथा मानवीय विनाश भएको छ । रूस-युक्रेन समस्या समाधानका लागि दुई दुईपटक दुई देशबीच वार्ता भए पनि सहमति हुन सकेको छैन । बीबीसीका अनुसार अमेरिका, फ्रान्सलगायतका केही देशहरूले रूसलाई युक्रेनमाथि आक्रमण बन्द गर्न आग्रह गरिरहेका छन् । रूस-युक्रेन द्वन्द्वमा यतिखेर के-के भइरहेको छ, हेरौं केही घटना :

युक्रेनी नागरिकलाई अन्यत्र जान दिन युद्धविराम गर्ने रूसको प्रस्तावलाई युक्रेनले ‘अनैतिक’ को संज्ञा दिएको छ ।
–रूसले किभबाट मानिसहरूलाई बेलारुस र खार्किभबाट रूस जाने बाटो खोलिदिने प्रस्ताव गरेको छ ।
–घेराबन्दीमा परेका मारिऊपोल र सुमीबाट अरू युक्रेनी र रूसी शहर जाने बाटो जोडिन्छन् ।
–रूसी फौजको निरन्तर गोलाबारीबीच युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फस्दा मानवीय संकट गहिरिँदै गएको छ ।
–रूसले अतिक्रमण गरेयता १५ लाखभन्दा बढी युक्रेनीले देश छोडिसकेका छन् ।
रूसी फौजहरूले अगाडि बढ्ने क्रम जारी राखे पनि युक्रेनी सैनिकहरूले अझै प्रतिकार गरिरहेको अमेरिकाको वाशिङ्टनस्थित सैन्य स्रोतहरूले जनाएका छन् ।
–फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले तनाव मत्थर पार्ने र घेराबन्दीमा रहेका युक्रेनी शहरहरूमा मानवीय सहायता पुर्‍याउन दिने प्रयासमा रूसी एवं युक्रेनी नेतासँग कुराकानी गरेका छन् ।
–परमाणु ऊर्जासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनी परमाणु केन्द्र तथा त्यसका पर्यवेक्षकहरू रूसी नियन्त्रणमा रहेकाबारे गम्भीर चासो व्यक्त गरेका छन् ।
अमेरिकायुरोपेली सङ्घले रूसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने चर्चबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ ।

सर्वसाधारणको निकास कार्यमा रूसी अवरोध

रूसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ जान दिन केही शहरहरूमा अस्थायी युद्धबिराम घोषणा गरे पनि त्यो कार्यान्वयनमा नआएको युक्रेनले जनाएको छ ।

रूसले किभ, खारकिभ, मारिओपोल र सुमी सहरमा सोमबार अस्थायी युद्धबिराम घोषणा गरेको थियो । तर ती शहरहरूमा निरन्तर गोलाबारी र बम बिस्फोट भएका युक्रेनी सेनाले जनाएको छ ।

रूसी आक्रमणले सर्वसाधारणको निकास कार्य अबरुद्ध भएको युक्रेनले जनाएको छ । गत बिहीबारदेखि रूसी सेनाले युक्रेनका विभिन्न शहरहरूमा हमला गरेको छ ।

रूसी हमलामा ३५२ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । त्यस्तै युद्धकै कारण १५ लाख मानिसले युक्रेन छाडेका छन् । युद्धबीच विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।

द्वन्द्वबाट प्रभावित ५६२ नेपाली सुरक्षित स्थानमा

रूस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका छन् । गैर–आवासीय नेपाली संघ, रूस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेका हुन् ।

अहिलेसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन् । युक्रेन युद्धबाट विस्थापित भएर विभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतर्फ लागेका हुन् ।

उनीहरूमध्ये करिब ४ दर्जन नेपाली गैर–आवासीय नेपाली संघ प्रोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राजकुमार थापाले जनाकारी दिए ।
उनीहरूलाई एनआरएन प्रोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित ढंगले पोल्याण्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा.चिरन्जीबी खड्काले जानकारी दिए ।

युक्रेनबाट विस्थापितहरूलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ । उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरूको नियमित रूपमा तथ्यांक संकलन गर्दै आएको छ ।

यो पनि…
रूसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान

युक्रेनको बाछिटा नेपाली बजारमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested