English

एनआरएनएको चुनाव सर्‍यो



गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का पदाधिकारीहरुका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामांकनको समय तीन दिन थप गरिएको छ।

निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गरी अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा नोमिनेसन गर्ने म्याद शुक्रबार (११ मार्च) अपरान्ह ५ बजेसम्मका लागि बढाइएको जनाएको छ।

त्यस्तै अनलाइन मतदानका लागि २१ र २२ मार्च तोकिएकोमा अब २४ र २५ मार्चमा मतदान गराइने निर्वाचन समितिका एक सदस्यले बताए। तर समितिले प्रकाशन गरेको सूचनामा त्यो उल्लेख छैन।

गैरआवासीय नेपाली संघका बहुसंख्यक सदस्यहरुलाई बाहिरै राखेर जबर्जस्ती एकपक्षीय निर्वाचन कार्यक्रम अगाडि बढ़ाइएपछि त्यसको संसारभरि कडा विरोध भइरहेको छ। संस्थाभित्र सहमति बनाउन म्याद थप गरिएको भनिए पनि कामचलाउ अध्यक्ष पन्तकै निर्णयका कारण संस्था विभाजनको संघारमा पुगेको छ।

गत २ मार्चका दिन आइसीसीको बैठक बोलाएर पन्तले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग भएको दाबी गरेका थिए। तर, आइतबार बसेको राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुको बैठकले विधानविपरीत बोलाइएको उक्त बैठकका निर्णयहरुको कुनै कानुनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषदलाई समस्याको समाधान गरी दशौँ महाधिवेशन गराउन आग्रह गरेका थिए।

प्रतिनिधिसम्बन्धी विवादकै कारण गत अक्टोबर २०२२ मा हुनुपर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन।

यो पनि
एनआरएनए र आईएलओको सहकार्य, २८ हजार श्रमिक लाभान्वित
एनआरएनए निर्वाचन अनुगमनको जिम्मा कसलाई ?



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

Latest










Popular
Suggested