English

१४ खेलमा ५० गोल



अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक बी डिभिजन लिग जारी छ । एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमै सञ्चालन गर्ने भएको छ ।

१४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल हुनेछन् । एन्फाले १८ फागुनबाट सुरु गरेको लिगको १४ खेल समाप्त भइसकेका छन् ।

सम्पूर्ण टिमले दुई/दुई खेल खेलेसँगै आज लिगलाई विश्राम दिएको छ । लिगका ७७ खेल बाँकी रहँदा ५० गोल पूरा भएका छन् । औषतमा प्रत्येक खेलमा ३ दशमलब ५७ गोल भएका छन् ।

दोस्रो डिभिजनको जारी लिगमा चर्च ब्वाईज युनाईटेड र टुसाल युथ क्लब तथा मध्यपुर युथ एसोसियसन र सामाजिक युथ क्लबबीच सर्वाधिक ७–७ गोल भएका छन् ।

दुबै खेलमा ५–२ अन्तरका टुंगिएको थियो । जारी लिगमा बाँसबारी क्लब र टुसाल युथ क्लबीचको खेलमा मात्रै गोल निस्किएको छैन ।

दुई चरणको खेल सकिँदा चर्च ब्वाईजले सर्वाधिक ७ गोल गरेको छ भने मध्यपुर युथ एसोसियसन, श्रीकुमारी क्लब तथा सामाजिक युथ क्लबले ५–५ गोल गरेका छन् ।

जारी लिगमा दुई खेलमा सतप्रतिशत जित निकालेका चर्च ब्वाईज युनाइटेड र श्रीभगवती क्लब समान ६ अंक भए पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

चार अंकको सरस्वती युथ क्लब तेस्रो स्थानमा छ । यस्तै, समान तीन अंक भए पनि मध्यपुर, खुमलर युथ क्लब, रानीपोखरी कर्नर टिम आरसिटी, ब्वाईज युनियन क्लब क्रमशः चौथो, पाँचौ, छैटौं र सातौं स्थानमा छन् ।

यस्तै, नयाँबस्ती युथ क्लब र श्रीकुमारीको समान दुई अंक रहेको छ र क्रमशः आठौं र नवौं स्थानमा छन् । यता, समान एक अंकका विरगंज युनाईटेड, झम्सिखेल युथ क्लब, बाँसबारी क्लब, सामाजिक युथ क्लब र टुसाल युथ क्लब क्रमशः १०औँ देखि १४औं स्थानसम्म छन् ।

सामाजिक युथ र टुसाल भने रेलिगेसन क्षेत्रमा छन् । जारी लिगमा शीर्ष दुई क्लब ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब सी डिभिजन लिगमा घटुवा हुनेछन् ।

यो पनि…
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा

घरेलु मैदानमा एकदिवसीय र त्रिकोणात्मक टी-२० आयोजना हुने
क्यानद्वारा क्रिकेट टोलीको घोषणा [नाम]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested