English

जेनिफर लोपेजको कारण सुटिङ चर्चामा



चलचित्र ‘सटगन वेडिङ’ को सुटिङ क्रममा जेनिफर लोपेजले लगाएको ब्राइडल ड्रेसले अहिले चर्चा पाइरहेको छ । डोमिनिकन रिपब्लिकमामा निर्माण गरिएको सुटिङ सेटमा उनी यो लुक्समा देखिएकी हुन् ।

चलचित्र सेटमा स्टाइलीस लुक्समा देखिएकी लोपेजको व्यक्तिगत जीवन र फिल्मको कास्टिङमा केही समस्याहरू आएको थियो । लोपेज र एलेक्स रोड्रीग्वेज बिच ब्रेक अप भएको चर्चा पनि चल्यो । फिल्मका मुख्य कलाकार आर्मी ह्यामर माथि दुर्व्यवहार गरेको आरोपका कारण पनि उनी थप विवादमा आइन् ।

ब्रोङ्क्समा जन्मिएकी लोपेजले सुटिङको बेला ब्रेक लिएर आफ्नो मोबाइल फोन चेक गर्दै गर्दा खिचिएको यो तस्बिरमा उनलाई फुल कस्ट्युममै देख्न सकिन्छ । तस्बिरमा सन्की लुक्स दिन पछाडि बाँधिएको कपाल र घाउ लागेको घुँडा पनि देखिन्छ ।

लोपेज गत वर्षको फेब्रुअरी देखिनै फिल्म सुटिङमा सक्रिय भए पनि आर्मी ह्यामरमाथिको दुर्व्यवहार आरोपले फिल्मको कास्ट परिवर्तन गर्नुपरेको थियो । यसले फिल्मको सुटिङको सुरुवाती चरणमा समस्या देखिएको थियो । प्रोडक्सन टिमले ह्यामरको सट्टा जोस डुहामेललाई लोपेजको पार्टनरको रूपमा कास्ट गरेका थिए ।

सटगन वेडिङमा एक जोडीको कथावस्तु रहेको छ, जसको विवाहको गन्तव्यमा नै उनीहरूलाई बन्धक बनाइएको कथालाई देखाइएको छ । (एजेन्सी)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested