English

नेपालद्वारा श्रीलंका १११ रनले पराजित



अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई १११ रनले पराजित गरेको छ । सोमबार नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याएको नेभी २८ ओभर ५ बलमा १०३ रनमै समेटियो ।

श्रीलंका नेभीका एम मदुसंकाले सर्वाधिक ३९ रन बनाए । यसबाहेक, एस सन्जिवाले १५ र डी मदुसनले १४ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । उनले ७.५ ओभरमा एक मेडनसहित १८ रन खर्चिए । यसबाहेक ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई दुई विकेट लिदा कमलसिंह ऐरी, करण केसी र सागर ढकालले समान एक विकेट लिए ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाउनुअघि २१४ रनको योगफल खडा गरेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन जोड्दा ओपनर आसिफ शेखले ३६ रन जोडेका थिए ।

नेपालले ३५ रन जोड्दा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमायो । कुशलले १३ रन बनाए । थप आठ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई दोस्रो विकेटको रुपमा गुमाएको थियो । ज्ञानेन्द्रले मात्र दुई रन जोडे ।

खातामा ७९ रन जोड्दा आसिफलाई तेस्रो विकेटको रुपमा गुमाएको नेपालले थप पाँच रन जोड्दा रोहितलाई गुमाएको थियो । रोहितले १३ रन जोडे । यस्तै, विनोद भण्डारीले २२, कमलसिंह ऐरीले १६ र कप्तान सन्दिप लामिछानेले ११ रन जोडे ।

श्रीलंकाका लागि अरबिन्दा अर्कुगोडाले ९.१ ओभरमा एक मेडनसहित ५९ रन खर्चेर चार विकेट लिए । अवाट्ले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए ।

नेपालले मार्च ७ देखि ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिँधै संयुक्त अरब इमिरेट्स (युएई) जानेछ ।

यो पनि
श्रीलंका नेभीलाई नेपालले दियाे २१५ रनको लक्ष्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested