English

सेयर बजारमा सामान्य सुधार



साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ। निरन्तर ६ कारोबार दिनदेखि ओरालो लागेको बजारमा आज सामान्य सुधार भएको हो।

सोमबार नेप्से परिसूचक १.५४ अंक बढेर २५४४.९३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको हो। आज २३० स्टकको ४० हजार १३० पटकको कारोबारमा २ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँ बराबरको ५३ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको थियो।

सोमबार कारोबार भएको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूलय सर्वाधिक ५.८९ प्रतिशत बढेको छ। त्यसैगरी, बोटलर्स नेपाल तराईको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त र इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९० प्रतिशत घटेको छ भने पञ्चकन्या माइ हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६९ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक र पाँचथर पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। आज अन्य उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४७ प्रतिशत, होटल तथा पर्यटनको ०.४९ प्रतिशत, बैंकिङ्गको ०.३९ प्रतिशत र निर्जीवन बीमाको ०.०९ प्रतिशत बढेको छ। यस दिन वित्त, जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि
सेयर बजारमा ६३ अंकको पहिरो
नेप्सेमा ४३ अंकको गिरावट, कारोबार साढे ३ अर्बमा सीमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested