English

जहाँ ४० मिनेट मात्रै रात पर्छ



विश्व प्रकृतिको नियमानुसार चल्छ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिको नियम नै हो । यद्यपि, अलग–अलग ठाउँमा दिन र रात हुने समय भने फरक–फरक हुन्छ । कतिपय ठाउँमा दिन लामो र रात छोटो हुन्छ । तर, यस्तो पनि देश छ, जहाँ रात भनेको नाम मात्रको हुन्छ। यहाँ एकदमै कम समयका लागि सूर्य डुब्ने गर्छ।

नर्वे युरोप महाद्वीपको उत्तरमा रहेको एउटा देश हो । उत्तर ध्रुवबाट नजिक भएकाले यहाँ एकदमै चिसो हुन्छ । नर्वे यस्तो देश हो जहाँ दिन मात्रै हुन्छ । रात केवल ४० मिनेटका लागि मात्रै हुन्छ । बाँकी समय सूर्यका देखिने गर्छ ।

यहाँ रातिको १२ बजेर ४३ मिनेटमा सूर्य डुब्छ र ४० मिनेटपछि फेरि सूर्योदय हुन्छ । यहाँ रातको साढे १ बजे बिहान हुन्छ । यो एक–दुई दिनका लागि होइन पूरै अढाइ महिनासम्म यस्तो हुने गर्छ । नर्वेलाई ‘कन्ट्री अफ मिडनाइट सन’ पनि भनिन्छ ।

यो देश आर्किटिक सर्कलभित्र आउँछ । यहाँ मे देखि जुलाइको बीचमा ७६ दिनसम्म सूर्य डुब्दैन । यस्तो दृश्य हेमरफेस्ट शहरमा देख्न पाइन्छ ।

नर्वे एक यस्तो देश हो जहाँ १०० वर्षसम्म सूर्यको किरण पुगेको थिएन । किन भने यहाँ पूरै शहर पहाडले घेरिएको थियो ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र