English

सबैभन्दा फास्टर चार्जर ‘अल्ट्राडार्ट चार्जिङ’ लन्च



रियलमीले मोबाइल वर्लड कांग्रेस २०२२ मा रियलमी १५० बाट अल्ट्राडार्ट चार्जिङ प्रविधि प्रस्तुत गरेको छ । रियलमीले यस उत्सवमा रियलमी जीटी २ प्रस्तुत गरेको छ । यो उत्सवमा रियलमीले रियलमी जीटी नियो ३ को लन्चिङको घोषणा गरेको छ ।

१५० वाटको चार्जिङलाई लिएर रियलमीले ५ मिनेटमै फोनको ब्याट्री ५० प्रतिशतसम्म चार्ज हुने दाबी गरेको छ । यो चार्जरमा तीन प्रविधिको प्रयोग भएको छ, जसमा मल्टी बुस्टर चार्जिङपम्प, ट्रेम्परेचर म्यानेजमेन्ट एल्गोरिद्यम र नयाँ लिथियम ब्याट्री समावेश छन् ।

आफ्नो यो चार्जरलाई लिएर रियलमीले ब्याट्रीको तापक्रमलाई ४३ डिग्रीभन्दा कम राख्दै केवल ५ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुने दाबी गरेको छ । रियलमीको यो अल्ट्राडार्टको चार्जिङलाई लिएर १०० देखि २०० बाट चार्जिङ पावरलाई सपोर्ट गर्ने विश्वकै पहिलो यस किसिमको चार्जिङ प्रविधि भएको दाबी गरिएको छ ।​

रियलमीले आफ्नो यस चार्जिङ प्रविधिको नमुना एमडब्लूसी २०२२ मा प्रदर्शन गरेको थियो ।

रियलमीको यो प्रतिस्पर्धा शाओमी ११ आई हाइपर चार्ज फाइभ–जीसँग हुनेछ । जसको साथमा १२० वाटको तीव्र चार्जिङको सपोर्ट हुने छ । शाओमीका यो चार्जरबाट केवल १७ मिनेटमा ब्याट्री फुल हुने दाबी गरिएको छ ।
यो पनि
अब टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने
गेटवे पेमेन्टले युपीआई सञ्चालनका लागि एनपीसीआई र मनमसँग गर्यो सम्झौता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested