English

रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘ए’ का खेलहरू शुरु



रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत आजबाट डिभिजन ‘ए’ का खेल सुरु भएका छन् । डिभिजन ‘ए’ को पहिलो खेलामा एमसीसीले होराइजन क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले निर्धारित ५० ओभरको खेलमा २२ ओभरमा खेल्दै सबै विकेट गुमाएर ५१ रनमै समेटियो । उसका लागि विक्रमसिंह विकलले २३, विशाल खत्रीले ८ र कुशल मल्लले ७ रन बनाए ।

एमसीसीका सेजाद आलम, रोशनलाल गुप्ता, रमेश कुर्मी र सन्तोष यादवले समान २–२ तथा शिवकुमार मौर्यले १ विकेट लिए । प्रतिउत्तरमा एमसीसीले १३.३ ओभरमा २ विकेटको नोक्सानीमा ५५ रन बनाउँदै जित निकाल्यो । उसका लागि विजय प्रजापतिले नटआउट १७, सुशान्त थापाले १५, मिर्नाल गुरुङले १० र सविन शाक्यले नटआउट ९ रन बनाए । बलिङमा होराइजनका पुरुषोत्तम भट्टराई र तुलबहादुर थापाले समान १–१ विकेट लिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो पनि
रन फर फनमा जे देखियो (फोटो फिचर)
महिला टी–ट्वान्टी च्याम्पियनसिपमा एपीएफ विजयी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested