English

मिश्रमा शनिवार ‘ममि’ को शाही जुलुस



प्राचीन मिश्रका २२ राजारानीको ममि (विशेष रुपमा संरक्षित शव) लाई शनिवार राजधानी काहिरामा शाही परेड निकालिने भएको छ । यी सबै शवलाई पुरानो संग्रहालयबाट निकालेर नयाँमा लान आँटिएको हो । जसका कारण नै जुलुसको व्यवस्था गरिएको हो । नयाँ संग्रहालयलाई १८ अप्रिलदेखि पूर्ण रुपमा आम मानिसका लागि खोलिनेछ ।

यस भन्दा पहिला ममिलाई आम जनताका अगाडि परेडको रुपमा प्रदर्शित गरिनेछ । यसमा १८ राजा र ४ रानीहरुको अवशेष रहेको छ । सबै ममिलाई सुनौलो रङको वाहनमा राखिनेछ । यसमा राजा रानीहरुको नाम र पद लेखिनेछ । यो करिव ४० मिनेटको यात्रा हुनेछ ।

यसबेला सडकमा ममिलाई केही समस्या नआओस् भन्ने हेतुले क्यारिएजमा शक एब्जर्भर पनि लगाइएको छ । काहिरामा इजिप्टोलोजीका प्रोफेसर र ममि बनाउने विशेषज्ञ सलीमा इकराम भन्छिन्, ‘ममिलाई पहिला केहि राम्रा सन्दूकमा राखिनेछ, किनभने तापक्रम र नमीको नियन्त्रणको व्यवस्था भएपछि यो लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । पुरानो संग्रहालयमा यस्तो व्यवस्था थिएन ।’

परेडमा ममिहरुको सीनियरिटीको ध्यान राखिनेछ

ममिहरुको परेड वरियताको आधारमा निकालिनेछ । अर्थात् सबैभन्दा पुराना राजा रानीको ममि सबैभन्दा पहिला राखिनेछ । त्यसपछि अन्यको ममि रहनेछ । सबैभन्दा पहिला ताओ द्वितीय बे्रवको ममि रहनेछ । उनले करिव १६०० ईसापूर्व दक्षिण मिश्रमा शासन गरेका थिए ।

त्यस्तै १२ औँ शताब्दी ईशापूर्वमा शासन गर्ने रामसे आईएक्सको ममि सबैभन्दा पछि रहनेछ । यो बेलामा कडा सुरक्षा व्यवस्था रहनेछ । यसबेलामा मिश्रका कलाकारले संगीत धुनको प्रदर्शन गर्नेछन् । पूरा आयोजना राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested