English

अमेरिकामा गर्मीको १११ वर्षे रेकर्ड ब्रेक



अमेरिकामा १२२ वर्षको रेकर्ड बर्फबारीको ५५ दिनपछि गर्मीले १११ वर्षको रेकर्ड तोडेको छ । त्यहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ । तीव्र गतिले बढेको यो गर्मीको कारण मानिसहरु समुन्द्रको तटमा जान थालेका छन् ।

मौसम विभागका अनुसार अमेरिकामा मार्च अप्रिलमा तापक्रम २२ देखि २५ डिग्रीको बीचमा रहन्छ । तर यस वर्ष यो ३३ डिग्रीसम्म पुगेको छ ।

यो गत वर्षको तुलनामा ७ ८ डिग्रीले धेरै हो । स्यान डिएगोस्थित वेदर सर्भिसका मौसम विज्ञानी मार्क मीडेले यस वर्षको गर्मीमा बर्फबारी भएको तर छिटै सकिएको बताए । जसका कारण नै अमेरिका र यूरोपमा हिटवेब चल्न थालेको हो । मीडका अनुसार बुधवार स्यान डिएगोको तापक्रम ३२.७ डिग्री रहेको थियो । यो भन्दा पहिला त्यहाँ १९१० मा ३१ डिग्री तापक्रम दर्ता भएको थियो । ५ फेब्रुअरीमा अमेरिकामा ५ फीटसम्मको बफैबारी भएको थियो ।

जर्मनी नेदरल्याण्ड्स, फ्रान्स र बेलायतमा मार्चमा सबैभन्दा गर्मी

जर्मनी नेदरल्याण्ड्स, फ्रान्स र बेलायतमा यस वर्ष समय भन्दा पहिल्यै गर्मी लागेको थियो । बुधवार नेदरल्याण्ड्समा २७.२, जर्मनीमा २६, बेलायतमा २५ र फ्रान्समा २६ डिग्री तापक्रम रहेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested