English

सलमानविरुद्ध एक्स गर्लफ्रेण्ड सोमीले लगाइन् यस्तो आरोप



बलिउड अभिनेता सलमान खानविरुद्ध उनकी एक्स गर्लफ्रेण्ड सोमी अलीले धोका दिएको आरोप लगाएकी छन् । उनले भारतीय सञ्चारमाध्यमसँगको एक अन्तर्वार्तामा यस्तो बताएकी हुन् । उनले भनिन्, ‘मैले उनीसँग ब्रेकअप गरेको २० वर्ष भइसकेको छ, उनले मलाई धोका दिएका थिए । त्यसैले उनीसँग मैले ब्रेकअप गरेँ र छोडिदिएँ, सिम्पल कुरा हो ।’

अहिले आफ्नो लाइफ बाचिरहेको भएपनि उनले सलमानसँग ५ वर्ष कुरा गरेकी थिइनन् । सेमी अली पाकिस्तानी मूलकी अमेरिकन अभिनेत्री हुन् । ९० को दशकमा उनले बलिउडका केही फिल्ममा काम गरेकी थिइन् । त्यो बेला उनले सलमानसँग डेट गरेकी थिइन् ।

उनीहरुबीच ८ वर्षसम्म रिलेशन चलेको थियो । उनले एक अन्तर्वार्तामा सलमानसँग रिलेशन सकिनुको कारण ऐश्वर्या भएको बताएकी थिइन् ।

रिलेशन चलिरहेको बेलामा ऐश्वर्या राय बीचमा आएपछि आफूलाई सलमानसँग रिलेशनमा बस्न मन नलागेको उनले बताइन् । उनले सलमान आफ्नो पहिलो प्रेमी रहेको समेत बताएकी छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested