English

टीभी हेर्दाहेर्दै करोडपति !



कैयौँ पटक मानिसलाई भाग्यले यसरी साथ दिन्छ, जसको स्वयं उसलाई भरोसा पनि हुँदैन । अमेरिकाको दक्षिण क्यारोलिनामा यस्तै एक घटना भयो । जहाँ एक व्यक्ति टेलिभिजनमा प्राप्त नम्बरको प्रयोग गरेर करोडपति बने ।

दक्षिण क्यारोलिनाका एक व्यक्तिले लट्री ड्रइंगमा २ लाख यूएस डलर अर्थात् करिब २ करोड ३८ लाख रुपियाँ धनराशि जिते । यो नम्बर उनले एक टीभी शोबाट कपी गरेका थिए । उनले धनराशी जितेपछि टीभी शोलाई धन्यवाद दिएका छन् ।

अमेरिका टेलिभिजनमा लट्री नम्बरको शो आउँछ । यही शोबाट ती व्यक्तिले नम्बरको सेट बनाएका थिए । द साउथ क्यारोलिना एजुकेसन लट्रीका अनुसार ती व्यक्तिले चेस्टर फिल्डमा पिग्ली विगली स्टोरबाट ’पाल्मेटो क्यास फाइभ’ टिकट किनेर १–१०–१६–१७–१८ संख्या चुनेका थिए ।

यही संख्याले उनलाई करोडपति बनाइदियो । विजेता बनेपछि ति व्यक्तिले टिकट किनेको पसललाई समेत २ हजार डलर कमिसन दिएका थिए । विजेताले आफूलाई गोप्य राख्न चाहेकाले उनका बारेमा धेरै कुरा सार्वजनिक गरीएको छैन ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested