English

कपालमा चायाँ पर्यो ? हटाउन यसो गर्नुहोस्



हिउँद याममा जसरी छाला सुक्खा हुन्छ, त्यसैगरी, टाउको पनि सुक्खा हुन्छ । यस्तो अवस्थामा कपालसँगै टाउकोको पनि विशेष ख्याल राख्नुपर्छ । सुक्खा टाउको र बढ्दो चायाँका कारण कपाल झर्न सक्छ । यस्तो अवस्थामा कपालमा हप्तामा एक वा दुईपटक तेल लगाउनुपर्छ ।

तेलले टाउकोको मसाज गर्दा छाला सफा हुन्छ । यसो गर्नाले जमेको फोहोर, प्रदूषण र चायाँ आदि हट्छ । केही उपाय अपनाएमा चिसो मौसममा पनि कपाल र टाउकोलाई स्वस्थ बनाउन सकिन्छ ।

कागती–नरिवलको तेल

जाडोमा कपाल र टाउकोको छाला निकै सुक्खा हुन्छ । सुक्खा हुनाले चाँयाको समस्या शुरु हुन्छ । चायाँकै कारणले कपाल झर्छ । जाडोमा चायाँलाई नियन्त्रण गर्नुपर्छ नत्र कपाल धेरै झर्ने र रुखो हुने समस्या बढ्न सक्छ ।

कपालमा धेरै चायाँ भएमा कागतीको रस लगाउनुहोस् । नरिवलको तेलमा थोरै कागतीको रस मिसाएर यसलाई औँलाको सहायताले टाउकोमा लगाउनुहोस् । १ देखि २ घण्टाको लागि छोड्नुहोस् । त्यसपछि, माइल्ड स्याम्पुले कपाल सफा गर्नुहोस् ।

एन्टिडेन्ड्रफ स्याम्पु

जाडो मौसममा जुनसुकै स्याम्पु प्रयोग गर्नु हुँदैन । विशेषज्ञसँग परामर्श लिएर एन्टी डेन्ड्रफ स्याम्पु प्रयोग गर्नपर्छ । उत्कृष्ट परिणामको लागि स्याम्पुमा टि–ट्रि तेल तथा पेपरमिन्ट तेलको केही थोपा मिसाउनुहोस् । यसो गर्दा छिटो नतिजा प्राप्त गर्न सकिन्छ ।

निमको तेल

चायाँको धेरै समस्या छ भने कपालमा राम्रो गुणस्तरको निमको तेल लगाउनुहोस् । यसबाट टाउको चिलाउने, फोहोर हुने, सुक्खा हुने, चायाँ हुने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । यसलाई हप्तामा दुईपटक प्रयोग गर्नुहोस् । यस तेललाई स्याम्पुमा पनि मिसाउन सक्नुहुन्छ ।

यो पनि…
दाग र चाउरीपन हटाउन पिठोको फेस प्याक
गर्मीमा यसरी गर्न सकिन्छ छालाको हेरचाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested