English

शुक्रबारदेखि ‘लप्पन छप्पन २’ हल हलमा



आगामी शुक्रबार अर्थात् २० फागुनबाट फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भएको छ । फिल्म युनिटले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

अभिनेता अर्पण थापाले कोरोना महामारीपश्चात फिल्म रिलिजको लागि थोरै समय बाँकी रहेकाले पनि फिल्मलाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्‍याउन चुनौती रहेको बताए ।

निर्देशक मुकुन्द भट्टले फिल्म पहिलो संस्करणभन्दा १० गुणा राम्रो बनेको दाबी गरे । उनले फिल्मको पहिलो भागले दर्शको राम्रो साथ पाएपनि आफू सन्तुष्ट नभएका कारण आफूने आफू र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो भाग निर्माण गरेको खुलाए ।

फिल्ममा अभिनेता शिव श्रेष्ठ पहिलोपटक खराब राजनीतिज्ञको भूमिकामा प्रस्तुत भएका छन् । उनले आफ्नो ४० वर्षे फिल्मी करियरमा पहिलोपटक फरक र चुनौती पूर्ण भूमिका निवार्ह गर्ने अवसर पाएको बताए ।

नेपाल र विदेशमा छायांकन गरिएको फिल्ममा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितीलाई चित्रण गरिएको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको फिल्मबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

फिल्ममा निर्देशक भट्ट र सुनील नेउरेको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बासकोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।

फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चीनियाँ गरी ६ भाषमा रिलिज हुनेछ । किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी रहेको फिल्ममा हिमाल केसी र सिमोन तामाङको द्वन्द्व र मिलन श्रेष्ठको सम्पादन छ ।

गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरी निर्माण गरेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता तथा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested