English

डाक्टर्स एघारले जित्यो मैत्रीपूर्ण टी–२०



शारीरिक तन्दुरुस्ती र आपसी मेलमिलापको सन्देशसहित आयोजित भेट्रान्स एघार र डाक्टर्स एघार बीचको मैत्रीपूर्ण टी–२० क्रिकेट डाक्टर्स समूहले जितेको छ । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार आयोजित प्रतियोगितामा डाक्टर्स एघारले टस जिती भेट्रान्सलाई ब्याटिङको निम्तो दिएको थियो । भेट्रान्सले २० ओभरमा सबै विकेट गुमाउँदै दिएको १२८ रनको चुनौती डाक्टर्स एघारले १७.२ ओभरमा पाँच विकेट नोक्सानीमा पुरा गरेको हो ।

भेट्रान्स टिमको नेतृत्व नेपालका पूर्व राष्ट्रिय खेलाडी किरण राणा र डाक्टर्सको डा. कृष्ण बुढाथोकीले गरेका थिए । भेट्रान्सको लागी हेमन्त सापकोटाले २५ बलमा ५ चौकासहित सर्वाधिक ३८ रन, उज्जवल डोटेलले १३ बलमा १७ रन र धिरेन्द्र पन्तले ९ बलमा १६ रन बनाए । डाक्टर्स टिमको तर्फबाट अर्पण तिमिल्सिनाले ४ विकेट र सुरज राइले २ विकेट लिए ।

भेट्रान्सलाई हराउन निर्मल हुमागाई र अविरल बाराकोटीबिचको ९० रन साझेदारी नै मुख्य कारक बन्यो । अविरलले २३ बलमा ९ चौका प्रहार गर्दै ५० रन बनाए भने निर्मलले २५ बलमा ४ चौका प्रहार गर्दै ३३ रन बनाए । सुरज राइले १५ रनको अविजित पारी खेले । बलिङमा भेट्रान्सको तर्फबाट धिरेन्द्र पन्तले २ विकेट लिए भने किरण राणा र हेमन्त सापकोटाले समान १/१ विकेट लिए । भेट्रान्स टिममा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा समेत सहभागी थिए ।

४ विकेटसहित बलिङमा उत्कृष्ट प्रदर्शन गरेका डाक्टर्सका अर्पण तिमिल्सिना ‘म्यान अफ दि म्याच’ घोषित भए । नेपाल रेडियोलोजिष्ट संघका अध्यक्ष प्रोफेसर डा. हेन्सन खड्काको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय क्रिकेट खेलाडी र कमेन्टेटरहरूको समेत सहभागिता थियो । ओएसिस क्रिकेट एकेडेमीका संचालक बालकृष्ण शर्माको संयोजकत्वमा आयोजित प्रतियोगितामा सिद्धार्थ मेडिटेक प्रालिका कार्यकारी निर्देशक अनिल श्रेष्ठ लगायतको समेत उपस्थिती थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested