English

फ्रिजको दुर्गन्ध हटाउन अपनाउनुस् यी उपाय



खानेकुरा सुरक्षित होस् भन्ने उद्देश्यले फ्रिजमा राख्ने गरिन्छ । तर लामो समयसम्म फ्रिज सफा नभए, खोल्ना साथ दुर्गन्ध आउँछ ।

फ्रिजमा राखिएका खानेकुराको गन्ध एकआपसमा मिलेर दुर्गन्धमा परिणत हुन्छ । अथवा फ्रिजभित्रै केही खानेकुरा कुहियो भने पनि दुर्गन्ध फैलिने गर्दछ । यस्तोमा फ्रिजको दुर्गन्ध हटाउने केहि घरेलु उपाय यस्ता छन्-

कागती

हरेक भान्सामा सहजै पाउन सकिने कागतीको रस निकालेर पानीसँग मिसाएर फ्रिजभित्र राख्दा यसले फ्रिजको दुर्गन्ध हटाउँछ । अथवा काटिएको कागतीलाई यत्तिकै फ्रिजमा राख्दा पनि फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

सुन्तला र पुदिनाको जुस

सुन्तला वा पुदिनाको जुसको प्रयोगले फ्रिजको दुर्गन्ध हटाएर सुगन्ध भर्न सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । यसकालागि फ्रिज सफा गर्ने पानीमा सुन्तला र पुदिनाको रसको केही थोपा मिसाएर सफा गर्न सकिन्छ । यो जुस कचौरामा राखेर फ्रिजभित्रै राखे झन् छिटो नतिजा पाउन सकिन्छ ।

पत्रिका

धेरैलाई थाहा नहोला, तर पत्रिकाको प्रयोगले पनि फ्रिजको दुर्गन्ध हटाउन सकिन्छ । यसमा दुर्गन्ध सोस्ने क्षमता हुन्छ । फ्रिजमा राखिने खानेकुरालाई पत्रिकाले छोप्न पनि सकिन्छ । यस अलावा फ्रिजमा पत्रिकाको एक मुठो राखेमा दुर्गन्ध हट्ने गर्दछ ।

कफीको बियाँ

कफीको केही बियाँलाई कचौरामा राखेर फ्रिजमा राखेमा फ्रिजबाट दुर्गन्ध जाने मात्र होइन, फ्रिजभित्र कफीको बास्ना समेत आउँछ ।

खाने सोडा

फ्रिजको दुर्गन्ध हटाउन खाने सोडाको प्रयोग गर्दा राम्रो हुन्छ । खाने सोडालाई एउटा कचौरामा राखेर फ्रिजभित्र राखेमा यसले फ्रिजको दुर्गन्ध हट्ने गर्दछ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested