English

नेपालगञ्ज र दाङमा खुले गल्फ लुब्रिकेन्टका नयाँ शोरुम



नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । लिमिटेडको नेपालगञ्जका लागि आधिकारिक विक्रेता रवि ट्रेडर्स र दाङकोे आधिकारिक विक्रेता मध्यपश्चिम सप्लायर्सको नयाँ शोरुम उद्घाटन गरिएको हो ।

ग्राहकलाई उच्च सेवा प्रदान गर्न नयाँ शोरुमहरु संचालनमा आए लिमिटेडका अध्यक्ष अरुण चौधरीले बताए । शोरुमको उद्घाटन गर्दै चौधरीले भने, ‘गल्फ ब्राण्ड अन्तराष्ट्रिय ब्रान्ड हो जुन उच्च गुणस्तरका लागि प्रख्यात छ । साथैै, नेपाली बजारमा गल्फ सर्वाधिक विक्री हुने लुब्रिकेन्ट ब्राण्ड हो ।’

उद्घाटित शोरुमहरुबाट सबै गल्फ ब्रान्डका उत्पादनलाई ग्राहकमाझ उपलब्ध गराउने र ग्राहकले पनि उच्चस्तरिय लुब्रिकेन्ट प्रयोग गर्न पाउने लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले बताए । ‘फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो,’ भट्टराईले भने, ‘यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested