English

सत्यवतीलाई लिटल फ्लावरको उपाधि



सत्यवती एकेडेमी अत्तरियाले छैठौं संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर-१९ स्कुल स्तरीय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । विद्याभूषण पब्लिक स्कुल गेटा कैलालीलाई १६१ रनले हराउँदै पहिलोपटक सत्यवतिले उपाधि जितेको हो ।

उपाधिसहित सत्यवती एकेडेमीले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेता बिद्याभुषणले ७५ हजार रुपैयाँ प्राप्त गर्यो । धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा २ रय ५१ रनको विशाल विजयी लक्ष्य पछ्याएको विद्याभूषणले १२.१ ओभरमा ८९ रनमा अल आउट भयो ।

विद्याभूषणका नुरेन विष्टले सर्वाधिक ३१ रन बनाए । प्रशान्त थापाले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। युवराज खत्री र निरज भट्टले ३-३ विकेट लिए । सन्तोष कार्की र सुजन गौतमले २-२ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २ सय ५० रन बनाएको थियो।

सत्यवतीका ओपनर सन्तोष कार्कीले सर्वाधिक ४५ बलमा ३ चौका र ११ छक्कासहित सर्वाधिक ९८ रन बनाए। खगेन्द्र जोशीले ५१ बलमा १० चौका र ३ छक्का सहित ८३ रन बनाए । आदील अन्सारीले १२ बलमा २ चौका र ३ छक्का सहित ३५ र सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिए ।

ओपनर सन्तोष कार्की र खगेन्द्र जोशीले पहिलो विकेटका लागि १ सय ८० रनको साझेदारी गरेका थिए । विद्या भूषणका बलर प्रदीप चन्दले ३ विकेट र वीरेन्द्र नाथले एक विकेट लिए। कप्तान शेरले ४ ओभर बलिंग गर्दा ७९ रन खर्चेर विकेटविहिन रहे।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए । उनले २० हजार रुपैयाँ प्राप्त गरे। यस्तै, उत्कृष्ट ब्याट्सम्यान विद्या भूषणका वीरेन्द्र नाथ र बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा चुनिए । जनही १० हजार रुपैयाँ प्राप्त गरे । उदयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिए जसले १० हजार रुपैयाँ प्राप्त गरे ।

यो पनि
रन फर फनमा जे देखियो (फोटो फिचर)
महिला टी–ट्वान्टी च्याम्पियनसिपमा एपीएफ विजयी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested