English

विश्व चिनाउने साताका २१ तस्वीर 



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्बिरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. भारतको हैदरावादस्थित सुकेको रातो खुर्सानी सफा गर्दै ।
२०. इङ्गल्यान्डको सेभेर्न नदीमा आएको बाढीको दृश्य ।

१९. भारतको कश्मीरस्थित परेको हिउँले ढाकिएको मैदानमा एक कुकुर उभिएको दृश्य ।

१८.कुमालेहरूले कराँचीको एउटा कार्यशालामा माटोको भाँडा सुकाउँदै ।

१७. भारतको आसाममा धान रोप्दै ।

१६.पाकिस्तानको कान्दाहारमा रोटी पकाउँदै । 

१५.साईप्रसको एक समुन्द्र किनारमा सूर्यास्तको दृश्य ।

१४. भारतको कर्नाटकमा बैलगाडी दौडमा सहभागी युवा किसानहरू ।

१३. क्युबाको भिनालेसमा सुर्ती खेतीमा किसान ।

१२. सूर्य विनायक नगरपालिका–५ दधिकोटमा निर्माण गरिएको काँचो दाची इँट्टा पोल्न इँट्टाभट्टातर्फ लैजाँदै  मजदुर ।

११. बिहीबार साँझ पोखराको फेवातालमा डुङ्गा शयर गर्दै पर्यटक ।

१०. मध्यपुर थिमि शंखधर चोकको दक्षिण रहेको हनुमन्ते खोलामा मध्यपुर थिमि– ४ र सूर्य विनायक नपा– ४ जोड्ने पुल निमार्ण गरिँदै । 

९. नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट ११ भेँडाबारीमा चैते धान रोप्नका लागि खेतमा ट्युबेलबाट सिँचाइ गरिँदै ।

८.कृष्णपुर नगरपालिका– २, बाणिका महिला लालझाडी संरक्षण क्षेत्रको वनबाट सङ्कलन गरेका पातको भारी बोकेर घरतर्फ जाँदै । सुकेका पात सङ्कलन गरी जैविक मल निर्माण गरी खेतबारीमा हाल्ने गरिन्छ । 

७. आफ्ना नाबालक बालबालिकाको तौल लिन बारेकोट गाउँपालिका –८ सुपुखोला स्थित स्वास्थ्य चौकीमा आएका अभिभावक आमाहरू ।

६. कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा फाइवस्टार इँट्टा उद्योगमा इँट्टा बनाउँदै बालक  ।  जिल्लाका केही इँट्टा उद्योगमा बालबालिकाले काम गरिरहेका छन् ।

५. द क्याराभान कम्पनीले ठेक्का लिएर नासो गाउँपालिका ५ र ६ जोड्ने दूध खोलाको पुल ठेकेदार कम्पनीले निर्माण नगरेपछि स्थानीयले नै निर्माण गरेको काठे पुल ।

४. महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको महेन्द्रचाेकमा तेजपात बिक्री गर्दै व्यापारी दम्पती । 

३. म्याग्दीको बेनी नगरपालिका–९, ढोल थानामा थाक्रोमा भण्डारण गरेर राखिएको मकै । 

२. पोखरामा आइतबार परेको असिनाले मुख्य बजार चिप्ले ढुङ्गा, महेन्द्रपुललगायतका स्थानमा यातायात आवतजावतमा समस्या भएपछि डोजर लगाएर सडकमा भरिएको असिना हटाउँदै ।

१. म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको स्वास्थ्य चौकीमा कोरोना विरुद्धको तेस्रो मात्रा खोप लगाउनको लागि ज्येष्ठ नागरिकलाई बोकेर खोप केन्द्रमा लैजाँदै स्थानीय महिला स्वास्थ्य स्वयंसेविका । 

तस्वीर : रासस, एपि, एएफपि,सिन्हुआ 

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested