English

यस्तो छ आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ७५ पैसा र बिक्री दर १२१ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ १६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा छ । युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२ रुपैयाँ सात पैसा र बिक्री दर १६२ रुपैयाँ ८८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ छ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५८ पैसा छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ २० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया १८ पैसा र बिक्री दर ३२ रुपैयाँ ३४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ सात पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ तीन पैसा र बिक्री दर १० रुपैयाँ आठ पैसा कायम भएको छ ।

यो पनि
ह्वात्तै घट्यो सुनको मूल्य
यस्तो छ आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested