English

राष्ट्र उत्थान लघुवित्तको सेयर बाँडफाँट, कसले कति पाए ?



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शेयर बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपीओमा कुल २५ लाख ८५ हजार २६१ जना आवेदकबाट २ अर्ब ९४ करोड ६७ लाख २१ हजार रुपियाँ बराबरको २ करोड ९४ लाख ६७ हजार २१० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कुल आवेदन मध्ये ५ हजार ८५९ जनाको आवेदन रद्ध भएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदकमध्ये गोलाप्रथाबाट ७९ हजार ४५० जना भाग्यमानी आवेदकले मात्रै १० कित्ताको दरले ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो ।

लघुवित्तले फागुन ४ गतेदेखि ८ गतेसम्म जारी पुँजी २६ करोड रुपियाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपियाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता सेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने जनाएको छ ।

यो पनि…
कागतीको मूल्य बढ्यो, गोलभेंडा, काउली, आलु र प्याजको कति ?
अमेरिकामा नेपाली अर्गानिक चियाको माग उच्च



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested