English

आजको विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपियाँ बिक्री दर ११९ रुपियाँ ६० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपियाँ १५ पैसा र बिक्री दर १३५ रुपियाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपियाँ ९१ पैसा र बिक्री दर १६२ रुपियाँ ७३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपियाँ ३७ पैसा र बिक्री दर १३० रुपियाँ दुई पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपियाँ ४७ पैसा र बिक्री दर ८६ रुपियाँ ९१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपियाँ ६३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपियाँ ११ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपियाँ ३४ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपियाँ ८४ पैसा र बिक्री दर १८ रुपियाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपियाँ ७२ पैसा र बिक्री दर ३१ रुपियाँ ८८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपियाँ ४९ पैसा र बिक्री दर ३२ रुपियाँ ६५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपियाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपियाँ ५७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९९ रुपियाँ ९९ पैसा र बिक्री दर १० रुपियाँ चार पैसा कायम भएको छ ।

यो पनि…
कागतीको मूल्य बढ्यो, गोलभेंडा, काउली, आलु र प्याजको कति ?
अमेरिकामा नेपाली अर्गानिक चियाको माग उच्च



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested