English

आज फागुन १२ गते बिहीबारको राशिफल



आज २०७८ साल फागुन १२ गते बिहीबार। तपाईँको आजको दिन कस्तो रहनेछ ? राशिफलबाट थाहा पाउनुहोस् :

मेष
आजको दिन राम्रो छ । बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ । पठनपाठनमा जोश बढ्नेछ । वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट सन्तोष मिल्नेछ । प्रेममा सफलता पाउने योग छ । घरपरिवारमा कलह होला । विचार पुर्‍याउनुपर्ने देखिन्छ ।

वृष
दिन सामान्य राम्रो छ । स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । आम्दानीको बाटो खुल्नेछ। शिक्षाको माध्यमबाट गरिने कार्यमा उत्साह बढ्नेछ ।

मिथुन
दिन सामान्य रहेको छ । पारिवारिक समस्या देखिन्छ । आज शिक्षामा गरेको लगानीले फाइदा हुनेछ । एकान्तमा बसेर अध्ययन गरेका लामो समयसम्म स्मरण रहने छ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट
दिन सामान्य छ । रोग र शत्रुको प्रकोपको सामना गर्नुपर्नेछ । पेट र मस्तिष्क सम्बन्धी समस्या हुनेछ । शिक्षामा उत्साह बढ्नेछ । तपाईंको लगानीले गुणात्मक नतिजाहरू प्राप्त हुनेछन् । राजनीति क्षेत्रमा संगठनको सहयोग मिल्नेछ । पारिवारिको सहयोग मिल्नेछ ।

सिंह
दिन सामान्य राम्रो छ । स्वास्थ्य, वैदेशिक रोजगार र सामाजिक क्षेत्र सामान्य छ । पठनपाठनमा रुची बढ्नेछ । पारिवारिक सम्बनध सुमधुर रहनेछ । तर आन्तरिक कलह भने बढ्नेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ ।

कन्या
दिन समान्य राम्रो छ । स्वास्थ्यमा समस्या आउनेछ । शिक्षामा आफैं लाग्नुपर्नेछ । लगानीबाट राम्रो परिणाम पाउने योग छ । अन्य क्षेत्रमा जस्तो भएपनि विद्याको क्षेत्रमा उन्नति प्रगति हुनेछ ।

तुला
आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । बोलीमा ख्याल गर्नुहोला । शिक्षाको क्षेत्रमा थोरै श्रम गरेपनि धेरै फाइदा हुनेछ। धार्मिक र सामाजिक क्षेत्रमा मन जानेछ ।

वृश्चिक
बोलीको राम्रो प्रभाव रहन्छ । आलस्य बढ्नेछ । सहयोग गर्नेहरू टाढा हुनेछन् । ठूला कामको थालनी आज नपरेकै राम्रो ।

धनु
प्रशंसा बढ्नेछ । दैनिकी सरल र सहज बन्नेछ । पुरोना लगानी उठ्नेछ । आफ्नाबाट नै सतर्क रहनुपर्नेछ । राजनीतिमा संगठन वृद्धि हुनेछ । वैदेशिक क्षेत्रमा धेरै अवसर छन् ।

मकर
आम्दानी हुनेछ । बोलीको प्रभावले अरूको पनि भलाइ हुनेछ । नसोचेको फाइदा मिल्ने योग छ । भगवान शिवको स्मरण गरेर थालेको काम सफल हुनेछ ।

कुम्भ
नयाँ निर्णय नगनुर्होला । आम्दानी बढ्नेछ । अरू क्षेत्रको लगानीले भन्दा वैदेशिक क्षेत्रको लगानीले उल्लेखनीय नतिजा प्राप्त हुनेछ ।

मिन
आजको दिन राम्रो छ । आफूभन्दा ठूलाको सम्मान गर्नुपर्ने देखिन्छ । अभिभावकको सम्मान गर्नाले सफलता मिल्नेछ । भविष्यको बाटो खुल्ने दिन भएकाले पूर्खाको सम्झना गर्नुहोला ।

यो पनि
रुद्राक्ष धारण गर्दा अपनाउनुहोस् यी नियम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

Latest










Popular
Suggested