English

युक्रेनमा युद्धको संकेत, पुटिनको आदेश अनुमोदिन



रसियाको माथिल्लो सदनले युक्रेनका बिखण्डनकारीलाई सहयोगका लागि रुसी सेना पठाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई अनुमति दिएको छ । यसअघि राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएका थिए । 

१५३ जना रुसी सिनेटरले पुटिनको आदेशलाई समर्थन गरेका थिए । उनको आदेशविरुद्ध कसैले पनि मतदान नगरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

युक्रेन हिंसा र रक्तपातको पक्षमा रहेकोले उसँगको वार्ता रोकिएको रुसको दाबी छ । ‘छलफल रोकिएका छन् । युक्रेनी नेतृत्वले हिंसा र रक्तपातको मार्ग लिएको छ,’ फेडरेस काउन्सिलको बैठकमा उपरक्षामन्त्री निकोले पानकोभले भने । ‘उनीहरुले हामीलाई एउटा पनि छनौट छोडेनन,’ उनले थपे ।

अमेरिकाले युक्रेनलाई रक्षात्मक हतियार दिने

अमेरिकी राष्ट्रपति जाे बाइडेनले अमेरिकाले युक्रेनलाई ‘रक्षात्मक’ हतियार दिने बताएका छन् । रसियाली आक्रमणविरुद्ध अमेरिकाले किभलाई निरन्तर रक्षात्मक हतियार आपूर्ति गर्ने उनले युक्रेनलाई आश्वासन दिएका हुन् । त्यस्तै, पूर्वी युरोपमा नेटो गठबन्धनलाई मजबुत बनाउन अमेरिकी सेना परिचालन गर्ने उनले बताए । 

‘हाम्रो व्यालेस्टिक गठबन्धनअन्तर्गत रहेका देशहरु– इस्टोनिया, लातिभिया, लिथुनियालाई मजबुत पार्न यसअघि युरोपमा रहेका अमेरिकी फौजलाई थप परिचालन र हयियारका लागि अधिकार दिएको छु’, राष्ट्रपति कार्यलय ह्वाइटहाउसबाट एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडेनले भने । 

यो पनि
रुसले युक्रेनको सीमाबाट फिर्ता गर्‍यो सेना
युक्रेन संकटप्रति राष्ट्रसंघले के भन्यो ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested