English

मतदाता परिचयपत्रको सिफारिसमा शुल्क नलिन आयोगको निर्देशन



निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचयपत्र बनाउनका लागि सिफारिस दिंदा शुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै हराएका वा नष्ट भएका मतदाता परिचयपत्र पुनः बनाउने प्रयोजनका लागि निःशुल्क सिफारिस गर्न परिपत्र गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

वडा कार्यालयको सिफारिससहित सम्बन्धित मतदाता स्वयम् उपस्थित भइ निवेदन दिएमा वा वडा कार्यालयको सिफारिससहित इमेल वा फ्याक्स वा अन्य विधि मार्फतसमेत प्रदेश निर्वाचन कार्यालय, जिल्लानिर्वाचन कार्यालयमा निवेदन पठाएमा त्यसरी आएको निवेदनसमेत दर्ता गरी प्रक्रिया अगाडि बढाउनसमेत आयोगले निर्देशन दिएको छ ।

यो पनि
निर्वाचन आयोगले माग्यो सरकारसँग ८ अर्ब १४ करोड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested