English

दैनिक उसिनेको अण्डा खानुको फाइदा



अण्डालाई बिहानको खाजाका लागि उत्तम विकल्प मानिन्छ । विशेष गरी उसिनेको अण्डामा धेरै पौष्टिक तत्त्व हुन्छ । आफ्नो दैनिक आहारमा अण्डा समावेश गर्नाले पूर्ण पोषण प्राप्त हुन्छ ।

अण्डाको साथमा दूध पिउनुभयो भने स्वास्थ्यमा हुने फाइदा झनै बढ्छ । अण्डाको पहेँलो भागमा भिटामिन ‘ए’ भिटामिन ‘डी’ भिटामिन ‘बी’ १२ प्रचुर मात्रामा पाइन्छ । यसलाई दैनिक सेवन गर्नाले शरीरमा हुने जिङ्कको कमी पनि हट्छ ।

तौल कम हुन्छ
उसिनेको अण्डामा प्रशस्त मात्रामा प्रोटिन हुन्छ, जुन तौल घटाउन प्रभावकारी हुन्छ । यसको सेवनले लामो समयसम्म पेट भरिएको महसुस हुन्छ, यसले तौल नियन्त्रणमा राख्छ । बिहानको नास्तामा उसिनेको अण्डा र चना खाँदा तौल पनि कम हुन्छ ।

हड्डी बलियो हुन्छ
उसिनेको अण्डा खाँदा हड्डी बलियो हुन्छ । जाडोमा जोर्नी दुख्ने समस्या भएमा दैनिक उसिनेको अण्डा खानुपर्छ । अण्डामा पाइने भिटामिन डी प्राप्त गर्नाले बालबालिकाको दाँत, हड्डी र बलियो हुन्छ ।

मेटाबोलिजम बढ्छ
शरीरलाई सक्रिय राख्न चाहिने प्रोटिन उसिनेको अण्डामा प्रशस्त मात्रामा पाइन्छ । उमालेको अण्डा खाँदा कार्बोहाइड्रेट वा बोसो भन्दा बढी क्यालोरीहरू घटाउन मद्दत गर्दछ । यसले मेटाबोलिजमलाई बढाउन सहयोग गर्छ ।

छाला, कपाल र नङका लागि फाइदाजनक
उसिनेको अण्डाको सेवनले छालाको समस्या हटाउँछ र कपाललाई पनि बलियो बनाउँछ । यो आँखाका लागि निकै फाइदाजनक हुन्छ । अण्डामा ल्युटिन र जेक्सान्थिन नामक पोषक तत्त्व पाइन्छ । उमालेको अण्डा खाँदा मोतिया बिन्दुको जोखिम पनि कम हुन्छ ।

मांसपेशी बलियो हुन्छ
अण्डामा पाइने कोलाइन एक पोषक तत्त्व हो जुन मस्तिष्क, स्नायु प्रणाली र हृदयको लागी धेरै लाभदायक हुन्छ । यसले मस्तिष्कको कोशिका झिल्लीहरूको संरचनालाई कायम राख्न सहयोग गर्दछ । गर्भवती महिलाले दैनिक अण्डाको सेवन गर्दा पनि धेरै फाइदा हुन्छ ।

यो पनि
के हो टन्सिल स्टोन, यसबाट कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested